२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आज पनि खुलेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटक अप्ठेरोमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी एकहजार मिटर मात्र

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका विदेशी पाहुना। तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार पनि संचालनमा आउन सकेको छैन। बाक्लो तुँवालोका कारण भिजिविलिटी नपुगेपछि विमानस्थल खुल्न नसकेको हो। विमानस्थल नखुलेपछि यात्रुको आउजाउ रोकिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक नविना कर्माचार्यले भिजिविलिटी अपुग हुँदा उडान खुल्न नसकेको बताईन। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी एकहजार मिटर मात्र छ। पोखरामा जहाज आउन कम्तिमा ३७ सय मिटर भिजिविलिटी चाहिन्छ। पोखराबाट जहाज उड्नका लागि भने १६ सय मिटरको भिजिविलिटी भए पुग्छ।

‘पर्याप्त भिजिविलिटी नभएपनि उडान खुल्न सकेको छैन। विहीबार राती पोखरामा बास बसेका २ वटा जहाज शुक्रबार बिहान उडेर काठमाडाडैं गएको बाहेक कुनै पनि जहाज पोखरा आउन सकेका छैनन,’ कर्माचार्यले भनिन, ‘पोखरामा रात्रीविसान गरेका दुइवटा जहाज शुक्रबार बिहान उडेर काठमाडौं गएका हुन। त्यसपछि काठमाडौंबाट कुनै पनि जहाज दिनभर पोखरा आउन सकेनन।’  

विमानस्थलको शुक्रकारको भिजिविलिटी २ हजार मिटर थियो। शनिबार झनै घटेर एकहजार मिटर मात्र रहेको छ। ‘उडान नभएपछि यात्रु व्यवस्थापन गर्न पनि समस्या परेको छ,’ उनले भनिन। तोकिएको समयमा उडान नभएपछि यात्रुले टिकट क्यान्सिल गरेर गाडीमा काठमाडौं गइरहेको उनले बताईन।

यतिबेला बुद्धले पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ। त्यस्तै बुद्धले नै पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गर्दै आएको छ। अर्काे हवाई कम्पनि यती एयरलाईन्सले पनि पोखरा–काठमाडौं रुटमा १० वटा उडान गर्दै आएको छ।

उडान संचालन नहुँदा हवाई कम्पनि, विमानस्थल, पर्यटन क्षेत्रलाई समेत आर्थिक मार पर्ने उनले बताईन। शुक्रबार उडान नहुँदा यात्रुहरु दिनभर विमानस्थलमा रोकिएका थिए। घन्टौ कुर्दा पनि उडान नभएपछि केही पर्यटक फर्केर होटलमा आएका थिए। विमानस्थलबाट होटल फर्केका पर्यटक शनिबार गाडीमा काठमाडौं गएको पर्यटन व्यावसायीले बताए। पोखरा आउने तयारीमा रहेका पर्यटक पनि काठमाडौं रोकिएको व्यावसायीको भनाई छ।

प्रकाशित: १५ वैशाख २०८१ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App