१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनमा कुन-कुन देश र को-को सहभागी छन्?

सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ६० देशबाट ६८० सहित २१ सय ६३ प्रतिनिधि सहभागी छन्। सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिएकाे छ भने त्यसमा ५५ भन्दा बढी देशका एक हजार ६ सय लगानीकर्ताले भाग लिएका छन्।

लगानी सम्मेलनमा चीन, भारत, अमेरिका, बंगलादेश, युएई, जर्मनी, दक्षिण कोरिया, अस्ट्रेलिया, मलेसिया, पाकिस्तान, सिंगापुर, कतार, घाना, साउदी अरेबिया, फ्रान्स, बहराईन, स्विट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका, कोलम्बिया, फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस, बेल्जियम, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानियालगायत ६० देशका लगानीकर्ता र प्रतिनिधि सहभागी भएको बोर्डले जनाएको छ।  

त्यस्तै सम्मेलनमा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लु चाउहुई, भारतको वाणिज्य एवं उद्योगमन्त्री पियुष गोयल, संयुक्त अधिराज्य (युके) को विदेश, कमनवेल्थ र विकास कार्यालयका इन्डो–प्यासिफिक क्षेत्र हेर्ने राज्यमन्त्री आन्मुरी टुभेलियन, युनाइटेड नेसन कन्फ्रेन्स फर ट्रेड एन्ड डेभलपमेन्टका महासचिव म्याडम रेबेका ग्रेन्सपान, संयुक्त अधिराज्यको फरेन, कमनवेल्थ र विकास कार्यालयका अफ्रिका क्षेत्र हेर्ने राज्यमन्त्री एन्ड्रयु मिचेल सहभागी छन्।

त्यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष यिङमिङ याङ्, एसियाली पूर्वाधार लगानी बैंकका कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटिसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र युएसए चेम्बर अफ कमर्सका दक्षिण एसिया हेर्ने वरिष्ठ उपाध्यक्ष अतुल केशव पनि सम्मेलनमा सहभागी छन्। 

प्रकाशित: १७ वैशाख २०८१ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App