६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धिदर शून्य दशमलव ७७% मा खुम्चियो

काठमाडाैं– चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर खुम्चिएर शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने भएको छ। करिब ५ महिना लामो आर्थिक नाकाबन्दी र कम वर्षाका कारण कृषिजन्य उत्पादनमा आएको ह्रास र भूकम्पको असरका कारण आर्थिक वृद्धिदर खुम्चिने भएको हो।


केन्द्रीय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन(जिडिपी)को वृद्धि दर शून्य दशमलव ७७ प्रतिशतमा सीमित भएको हो। विभागका महानिर्देशक सुमनप्रसाद अर्यालका अनुसार अर्थतन्त्रमा एकतिहाइ योगदान भएको कृषिको उत्पादन वृद्धिदर न्यून, तथा औद्योगिक उत्पादनमा भारी गिरावट आएका कारण आर्थिक वृद्धिदर घट्न पुगेको हो।

सेवा क्षेत्रले नधानेको भए चालू आर्थिक वर्षको वृद्धिदर नकारात्मक हुने सम्भावना थियो।

प्रकाशित: २१ वैशाख २०७३ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App