२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

कक्षा ८ काे परीक्षा: जुम्लाका ४ विद्यालयबाट एक जना पनि भएनन् पास

जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा यहाँका चार विद्यालयबाट एक जना पनि विद्यार्थीमा उत्तीर्ण हुन सकेनन्।

गाउँपालिकाको १२ वटा सामुदायिक विद्यालयबाट २ सय ७४ विद्यार्थीले कक्षा ८ को परीक्षामा सहभागी भएका थिए। जसमा जम्मा ४६ विद्यार्थी मात्र उत्तीर्ण भए।

१२ विद्यालय मध्य ४ विद्यालयका कुनैपनि विद्यार्थी उत्तीर्ण नभएको सिंजा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शंकर धितालले जानकारी दिए। नतिजा शून्य हुनेमा जनज्योति आधारभूत विद्यालय रुगा, कालिका आधारभूत विद्यालय गोरा, देउती आधारभूत विद्यालय भाडगाँउ र महादेव मावि गोठिपीगिँ रहेका छन्।

दुई वटा विषयमा अनुत्तीर्ण हुने ४७ जना विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन्। ग्रेड वृद्धिको परीक्षासमेत दिन नपाउने गरी एक विद्यालय निल भएको उनले बताए।

प्रायः जसो अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन्।

गाउँपालिकाले परीक्षा सञ्चालन गर्न विषय विज्ञको व्यवस्था गरी प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन गरेको सिंजाका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले जानकारी दिइन्।

उत्तर पुस्तिका समेत गाउँपालिका बाहिरका विषय विज्ञ शिक्षकबाट मूल्याङ्कन गरी परीक्षाफल सार्वजनिक गरिएको उनले सुनाइन्।

परीक्षा चैत देखि ९ गतेसम्म संचालन गरिएको थियो।

प्रकाशित: २६ चैत्र २०८० २०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App