१९ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम हुन्छु: शिक्षामन्त्री श्रेष्ठ

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सम्बन्धित शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन सबै पक्षलाई आग्रह गरेकी छन्।

शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने उनकाे भनाइ छ।  शिक्षामा राजनीतिकरण हुन नदिन आफू निर्मम भएर लागिपर्ने बताउँदै शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन  सचेत उनले आग्रह गरेकी छन्।

मन्त्री श्रेष्ठले भनिन्,‘हाम्रो शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ। यसमा म निर्मम भएर लाग्ने छु। यो कानून बनाउने कुरा पनि होइन। यो त कार्यान्वयनको पाटो हो। त्यसमा म निर्मम भएर लाग्छु। मैले पहिले पनि आह्वान गरेकी थिएँ। र आज पनि भन्छु–दलीय राजनीतिकरणबाट शिक्षा क्षेत्रलाई मुक्त गर्नुपर्‍यो। शिक्षकहरुले राजनीतिक कार्यक्रममा होइन कि विद्यालयको कक्षाकोठामा, चौरमा आफ्नो विद्यार्थीहरूलाई राम्रो गरेको विद्यार्थीलाई झन राम्रो गर्न, पाठ्यक्रमभन्दा बाहिरको कुरा सिक्न अथवा जुन विद्यार्थीहरू पछि परेका छन्। विद्यालय समय पछि पनि विद्यार्थीहरूलाई राम्रो गर्न ढाडस दिने हो कि? त्यसका लागि म अनुरोध गर्न चाहन्छु।’

यस्तै उनले पछाडि परेका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा लाग्न समेत शिक्षकहरूलाई आग्रह गरिन्।

प्रकाशित: ६ वैशाख २०८१ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App