२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाहिरबाट २ हजार भित्रिए, १७ जनाको मात्रै स्वाब परीक्षण

जाजरकोट - देशमा लक डाउना भएयता भारतलगायत मुलुक र अन्य जिल्लाबाट जाजरकोट भित्रिएका २ हजार ७ सय २४ जनामध्ये हालसम्म  १७ जनाको मात्र स्वाब परीक्षण र ४ सय ४० जनाको मात्र आरडिटी परीक्षण गरिएको छ। गत चैत्र २७ गते भेरी नगरपालिकाका विभिन्न वडाका  भारतबाट जिल्लामा प्रवेश गरेका १४ र अन्य तीन जनाको  सुर्खेतमा स्वाब परीक्षण गरिएको भए पनि  अन्य कसैको पनि स्वाब परीक्षणतर्फ ध्यान दिइएको छैन।

लकडाउनका बेला जिल्ला भित्रिएका २ हजार७सय २४ सर्वसाधारणमध्ये हालसम्म  विभिन्न  स्वास्थ्य संस्था र स्थानीय तहमा १७ जनाको स्वाब परीक्षण र  जम्मा ४ सय ४० जनाको  मात्र आरडिटी जाँच गरिएको  स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीले बताए। जिल्लामा हुलका हुल गरेर भित्रिएका सर्वसाधारणलाईकिट र  व्यवस्थापन अभावले  आरडिटी जाँच गर्न नसकिएको बताए।यस्तै   लकडाउनकै अवधिमा भारतलगायत तेस्रो मुलुक र अन्य जिल्लावाट भित्रिएकामध्ये जिल्लाभरि १५ जना मात्र स्वास्थ्य संस्था र स्थानीय सरकारले  निर्माण गरेका  क्वारेन्टिनमा र २ सय ३७ जना मात्र होम क्वारेन्टिनमा बसेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउँछन्।

लकडाउनका कारण  देशका  विभिन्न स्थानमा  अलपत्र परेको भन्दै  विभिन्न नेताले हुलका हुल गरेर जिल्ला पठाइएका सर्वसाधारणको जिल्लामा कुनै परीक्षण नहुनु र क्वारेन्टिनमा पनि  नबस्नुले कोरोना संक्रमणको जोखिम बढेको स्थानीय सरोकारवालाहरु बताउँछन्। संक्रमण नियन्त्रण तथा रोकथाम गर्नजिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुका साटो लकडाउनको मर्मविपरीत विभिन्न बाहनामा सर्वसाधारण स्वयं र नेताहरुले  देखाएको  हेलचेक्र्याइँका कारण गाउँमै बसेका सर्वसाधारणमा त्रास समेत फैलिएको  नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजेन्द्र कार्कीको भनाइ छ। उनले  बाहिरबाट आउनेलाई क्वारेन्टिनमा बसाउने र  कडा निगरानी गर्ने काम नगरिएको बताए।

प्रमुख जिल्ला अधिकारीलगायत स्वास्थ्य सेवा कार्यालयका अधिकारीहरुले जिल्लामा कोरोना संक्रमण परीक्षण गर्ने किटलगायतका सामग्री उपलव्ध गराउन माथिल्ला निकायमा पटकपटक माग गरे पनि पर्याप्त मात्रामा र  समयमै पाउन नसकेको  गुनासो गर्ने गरेका छन्।

प्रकाशित: २७ वैशाख २०७७ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App