१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमामाथि प्रतिबन्ध

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमामाथि निर्वाचन आयोगले प्रतिबन्ध लगाएको छ। आयोगले जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाएको हो।

दक्षिण अफ्रिकामा आगामी मे २९ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो दल अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी) परित्याग गरेका  पूर्व राष्ट्रपति जुमाले हालैमात्र नयाँ दल एमखोन्टो विसिज्वे (एमके) पार्टी खोलेका हुन्। सन् २०२१ मा अदालतको अवहेलनाको आरोपमा केही समय जेलसजाय भोगेका जुमाले नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा पुनः प्रारम्भ गर्न चाहेका छन्।

दक्षिण अफ्रिकी निर्वाचन आयोगका अध्यक्ष मोसोथो मोप्याले पूर्व राष्ट्रपति जुमालाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय भएको बताए। उनीविरुद्ध एक उजूरी परेको थियो, जसलाई आयोगले स्वीकार गरेको अध्यक्ष मोप्याले बताए।

भ्रष्टाचारको आरोप लागेपछि जुमाको राष्ट्रपतीय कार्यकाल सन् २०१८ मा समाप्त भएको थियो। त्यसबखत जुमालाई हटाएर सिरिल रामाफोसा राष्ट्रपति बनेका थिए।

जुमालाई सन् २०२१ मा एक भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुन भनिए पनि उहाँ अनुपस्थित भएपछि १५ महिनाको जेल सजाय सुनाइएको थियो। उनलाई जेल सजाय भएपछि उहाँका समर्थकले देशव्यापी प्रदर्शन, हिंसा र लुटपाट मच्चाएका थिए। उक्त हिंसात्मक घटनामा ३५० जनभन्दा बढीको मृत्यु भएको थियो। रासस

प्रकाशित: १६ चैत्र २०८० १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App