२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

३ महिनाको अवधिमा डेङ्गीका कारण १ हजार ६ सयभन्दा बढीको मृत्यु

ब्राजिलमा सन् २०२४ को सुरुआती ३ महिनाको अवधिमा डेङ्गीका कारण एक हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ।

दक्षिण अमेरिकी देश ब्राजिलमा डेङ्गीका कारण ३५ लाख ३० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

डेङ्गी ज्वरोको घटना दर हाल ब्राजिलियाली बासिन्दाहरूमा प्रति लाख एक हजार ७४१ शङ्कास्पद सङ्क्रमित भेटिएका छन्।

सन् २०२३ मा डेङ्गीका कारण एक हजार १७९ जनाको मृत्यु भएको थियो। सन् २०२४ को यो अवधिसम्म सङ्क्रमितको सङ्ख्या हेर्दा यो सरदर ३५ प्रतिशतले बढी हो।

शुक्रवारसम्म अद्यावधिक गरिएको तथ्याङ्कअनुसार पुष्टि भएका सङ्क्रमितमध्ये ५५.२ प्रतिशत महिला यसबाट सङ्क्रमित भएका छन्। जनसाङ्ख्यिकीय समूहमा डेङ्गीको सबैभन्दा बढी असर २० देखि २९ वर्ष उमेर समूहभित्र परेको देखिन्छ। रासस

प्रकाशित: १० वैशाख २०८१ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App