२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराकमा समलैङ्गिक सम्बन्ध राखे १५ वर्षको सजाय

इराकको संसदमा समलैङ्गिक सम्बन्धलाई अपराध घोषित गर्ने विधेयक पारित भएको छ।

शनिवार संसदमा पारित गरिएको उक्त विधेयकमा समलैङ्गिक सम्बन्ध राखेमा १० देखि १५ वर्षसम्मको जेल सजायको पनि प्रावधान राखिएको छ।

नयाँ कानून अनुसार ट्रान्सजेन्डर्सलाई पनि एकदेखि तीन  वर्षको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ।

धार्मिक मूल्य मान्यतालाई कायम राख्नका लागि उक्त नयाँ कानूनले मद्दत पुग्ने विधेयकका समर्थकहरूले बताएका छन् भने कानूनको विरोध गर्नेहरूले सरकारले यो कानून ल्याएर एलजीबिटीआईक्यू समुदायको अधिकार हनन् गर्न चाहेको बताएका छन्।

यसअघिको विधेयकमा मृत्युदण्डको प्रावधान थियो। जसलाई संशोधन गर्दै उक्त नयाँ विधेयक पारित गरिएको हो।

प्रकाशित: १६ वैशाख २०८१ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App