२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शरणार्थी शिविरमाथि इजराइली आक्रमण, ३० जनाको मृत्यु

इजराइलले दक्षिणी गाजास्थित रफाह सहरमाथि आक्रमण गर्दा कम्तीमा ३० जना मारिएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजाबाट युद्धका कारण भागेर रफाहमा शरण लिएर बसिरहेकाहरूलाई लक्षित गरी इजराइली सेनाले गरेको आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको हो। कैयन घाइते भएका छन्।

बीबीसीका अनुसार इजराइलले पटकपटक रफाहमा आक्रमण गर्ने चेतावनी दिँदै आएको र शरणार्थी लक्षित क्षेत्रमा आक्रमण पनि बढाउन थालेको छ।

गाजाको रफाहमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिक शरण लिएर बसिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ अक्टूबर पछि इजराइली सेनाको आक्रमणमा परी हालसम्म ३४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।

गाजामा शान्ति र युद्धविरामका लागि विश्वस्तरमा छलफल भइरहेको छ। तर, हालसम्म कुनै पनि निस्कर्ष निस्कन सकेको छैन।

आक्रमण सुरु हुँदा इजराइलले नै गाजाका नागरिकलाई दक्षिणी क्षेत्र रफाह तर्फ जान भनेको थियो। तर, हमासका कतिपय लडाकु बाँकी नै रहेको भन्दै अब इजराइलले शरणार्थी लक्षित क्षेत्र रफाहमा आक्रमण सुरु गरेपछि समस्या झन् बढेको छ।

प्रकाशित: १७ वैशाख २०८१ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App