३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युद्धविरामको वार्ता चलिरहँदा बेन्जामिनले भने:रफाहमा आक्रमण रोकिँदैन

इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्धविरामको वार्ता भइरहँदा रफाहमा आक्रमण नरोक्ने बताएका छन्।

बीबीसीका अनुसार हमाससँग युद्धविरामको वार्ताको प्रयास भइरहँदा र विभिन्न चरणमा जारी वार्तालाई बेवास्ता गर्दै नेतन्याहूले दक्षिणी गाजाको रफाह सहरमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन्।

बन्धक बनाइएका व्यक्तिहरूको परिवारसँग भएको एक छलफलको क्रममा उनले सम्झौता भएपनि नभएपनि आक्रमण नरोकिने बताए।

रफाहमाथि इजराइली आक्रमणलाई लिएर अमेरिकाले पनि चेतावनी दिइसकेको छ।

प्रकाशित: १९ वैशाख २०८१ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App