६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
मुख्य समाचार

औद्योगिक वातावरण ध्वस्त पार्दै सरकार

कठमाडौं- सरकारले बिहीबार विराट पेट्रोलियमलाई सरकारी मूल्यभन्दा ३१ रुपैयाँ बढी मूल्यमा तेल बेच्न अनुमति दियो। यही सरकारले केही दिनअघि मात्र मूल्य बढाएको भन्दै उद्योगमा छापा मारेर औषधि व्यवसायीलाई पक्राउ गर्यो।


फागुन १४ गते एयर काष्ठमण्डपको सिंगल इन्जिन एयरक्राफ्ट दुर्घटनाग्रस्त भएलगत्तै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिंगल इन्जिन एयरक्राफ्ट प्रतिबन्ध लगायो ।

ड्ड बजारमा सूर्य नेपालले आफ्नो चुरोटको बट्टामा स्वास्थ्यसम्बन्धी चित्र ७५ प्रतिशत मात्र छापेको भनेर धमाधम छापा मारिएको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा 'उत्पादकले सुर्तीजन्य पदार्थको बट्टाको र्‍यापर्स प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबुलको बाहिरी कुल भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्र्थ हानिकारक छ भन्नेजस्ता बेहोराको मन्त्रालयले तोकेबमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थ सेवनको असरबाट भएका घातक रंगीन चित्र प्रस्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भाषामा छाप्नु तथा अंकित गर्नुपर्नेछ' भन्ने बेहोरा उल्लेख छ । उत्पादकले ऐन कार्यान्वयन गर्दागर्दै सरकार नयाँं निर्देशिकाको भरमा धमाधम छापा मारिरहेको छ ।

माथिका केही उदाहरण मात्र हुन्, सरकार कसरी कानुनको अपव्याख्या गर्दै लगानीको वातावरण बिगार्दैछ भन्ने । एकतिर सरकार निजी क्षेत्र नै आर्थिक विकास एवं रोजगारीको स्रोत हो भन्छ, अर्कोतिर धमाधम कानुनको अपव्याख्या गर्दै एकथरी उद्योगीलाई निरुत्साहित गर्दैछ भने अर्कोतिर कालो अर्थतन्त्रमा मलजल गर्दैछ ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ सरकारले विराट पेट्रोलियमलाई बजारको चल्तीको मूल्यभन्दा बढी मूल्यमा पेट्रोल बेच्न दिएर कालोबाजारीलाई प्रोत्साहन गरिरहेको बताउँंछन् ।

एकतिर सरकार आफंै कालोबजारियालाई प्रोत्साहन गर्दैछ भने अर्कोतिर नेपालमा उद्योग खोल्नु र लगानी गर्नु अपराध हो भनेझैँ कानुनतः उद्योग व्यवसाय चलाइरहेका उद्योगीलाई निरुत्साहित गर्न सरकार योजनाबद्ध ढंगले लागिरहेको छ ।

सरकारले गत साता मात्र औषधि व्यवसायीलाई अपराधीझैँ पक्राउ गरेको थियो । यसबाट नेपालमा लगानीको वातावरण नभएको सन्देश जाने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बताउँंछन् ।

प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली र उनको सरकारमा रहेका मन्त्रीहरु आफ्नो अनुकूलताका लागि निजी क्षेत्रलाई प्रोत्साहन दिने र खुला बजार अर्थतन्त्र मान्छु भनेर भाषण जति गर्दा पनि थाक्दैनन् तर व्यवहारमा भने आफू निकटकालाई निजी क्षेत्रका नाममा कानुनको गलत व्याख्या गर्दै मनपरी बजार बिगार्ने र वास्तविक उद्योगीलाई दोहन गर्ने नियतले निर्देशित छन् ।

कानुनविद जगदीश दाहालका अनुसार एक त नेपालको समग्र कानुनी व्यवस्था नै आर्थिक विकास र समृद्धिको बाधक छ भने अर्कोतिर बेलाबेला परिवर्तन भइरहने सरकारले कानुन आफूअनुकूल व्याख्या गर्दैै आफ्ना राजनीतिक दलका कार्यकर्तालाई पोस्ने र दललाई चन्दा उठाउन कानुनको दुरुपयोग भइरहेको छ ।

चाहे त्यो घरेलु होस् वा विदेशी एउटा लगानीकर्ताले कुनै पनि देशको सरकारको औद्योगिक कानुन र नीति हेरेर त्यसका आधारमा आफ्नो व्यवसायको योजना बनाउँंछन् र लगानी गर्छन् । आफ्नो व्यवसायको आयु कति हुन्छ भन्ने थाहा पाउन व्यवसायीले लगानी गर्नुअगाडि त्यस देशको नीतिनियम हेर्ने प्रचलन हो तर नेपालमा कानुनी रुपमै सरकारले औद्योगिक वातावरण बिगारेको कानुनविद दाहालको तर्क छ ।

उद्योगीका अनुसार नेपालमा नीति र नियम एउटा मन्त्री वा सचिव वा कुनै गैरसरकारी संस्थाको सनकको भरमा तत्काल परिवर्तन हुन थालेपछि अनिश्चयको वातावरणमा व्यवसायीले लगानी गर्नु झन्झन् जोखिमयुक्त हँुदै गएको छ ।

सूर्य टोबाकोका उपाध्यक्ष रवि केसी सरकारले आफ्नो नीति परिवर्तन गर्न सक्ने बताउँंछन् तर त्यसअगाडि सम्बद्ध सरोकारवाला र लगानीकर्तासँग छलफल गर्नुको साटो कुनै समयावधिसम्म नदिई तत्कालै लागू हुने कानुन बनाउँंदा र लागू गर्दा उक्त उद्योगमा आश्रित रोजगारी तथा सरकारकोे आय दुवै गुम्न जान्छ । उनी भन्छन्, 'यस्तै अस्थिर नीति भइरहँदा स्वदेशी लगानीकर्ताले लगानी गर्दैनन् र त्यसको फलस्वरुप विदेशी लगानीकर्ता पनि नेपालमा लगानी गर्न हच्कन्छन् ।'

विकास बजेट खर्च गर्न नसक्ने, जनताको जनजीविका तथा लगानी बढाउने र देशको आर्थिक वृद्धि तथा समृद्धिका लागि बाधक रहेको वर्षौंदेखिका ऐननियम परिवर्तन गर्न भने सरकार तथा सरकारका मन्त्रीलाई दसौं वर्ष लाग्ने तर उद्योग तथा लगानीको वातावरण बिगार्ने ऐन र नीतिनियम भने तत्काल परिवर्तन र लागू भइहाल्ने कार्यले मन्त्री र कर्मचारीतन्त्र के चाहन्छन् र कसको इशारामा काम गर्छन् भन्ने छर्लंग छ । आत्मनिर्भर अर्थतन्त्रको भाषण दिएर नथाक्ने सरकारले नै उद्योग खोल्नु र लगानी गर्नुको साटो कमिसन मात्र खाएर सुरक्षित हुने व्यापारतिर लाग्न निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको उद्योगी व्यवसायी बताउँंछन् ।

अर्थतन्त्रमा पछिल्लो समय औद्योगिक क्षेत्रको योगदान घट्दै जानुमा सरकारी नीतिको अनिश्चितता कारक रहेको उद्योगीको तर्क छ । केन्द्रयी तथ्यांक विभागका अनुसार उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७०/७१ को तुलनामा आर्थिक वर्ष २०७१/७२ मा गार्हस्थ उत्पादनमा ४.५५ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएकोमा चालु आर्थिक वर्षमा वृद्धिदर २.३५ प्रतिशत कायम हुने अनुमान छ । यसमा सरकारका अस्थिर नीतिनियम तथा कानुनी समस्या कारक रहेको दाहालको तर्क छ ।

उनी त हालको नेपालको न्यायप्रणाली नै विकासमैत्री नभएको बताउँंछन् । उनका अनुसार एउटा कम्पनीले विदेशबाट मैदा आयात गथ्र्र्यो । मैदामा १ सय ८० दिनभित्र उपभोग गर्नुपर्ने भनेर मिति तोकिएको हुन्छ । भन्सारमा राजस्वसम्बन्धी विवाद उत्पन्न भयो, कर प्रशासनले मैदा नियन्त्रणमा लियो । आयातकर्ता आफू अन्यायमा परेँ भनेर अदालत गयो तर मुद्दामा अदालतको निर्णय दुई वर्षपछि भयो । 'यो भएकै घटना हो,' दाहाल भन्छन्, '१ सय ८० दिनभित्र प्रयोग गरिसक्नुपर्ने मैदाको पिठोबारे अदालतले पाँच वर्षपछि निर्णय गरेको छ । फैसला कम्पनीको पक्षमा भयो तर स्वाभाविक प्रश्न उठ्छ, त्यो कम्पनीले अदालतबाट न्याय पायो कि पाएन ?'

उनका अनुसार अस्पष्ट र तजबिजी कानुनका कारण पनि नेपालमा लगानी बढ्दैन । यस्ता कानुन संशोधन हुन १० वर्ष लाग्छ तर औद्योगिक विकासलाई अवरुद्ध पार्ने कानुन भने तुरुन्त संशोधन हुन्छ ।

विश्व बैंकद्वारा प्रत्येक वर्ष सार्वजनिक हुने 'डुइङ बिजनेस' प्रतिवेदनमा पनि नेपालमा प्रतिवर्ष लगानीको वातावरण बिगार्दै गएको उल्लेख छ । २०१६ को प्रतिवेदनले नियामक निकाय तथा नीतिनियम समयानुकूल परिमार्जन नभएकाले नेपाल २०१५ भन्दा ५ स्थान खस्केर ९९ औं स्थानमा झरेको उल्लेख गरेको थियो।

प्रकाशित: २७ फाल्गुन २०७२ १९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App