१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले भने: म सरकारमा रहेसम्म संशोधन प्रस्ताव फिर्ता हुँदैन

दाङ- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा फिर्ता नहुने बताएका छन्। देउखुरीको सिसहनीयामा राप्ति पुलको उद्‍घाटन गर्दै प्रधानमन्त्रीले आफु सरकारको नेतृत्वमा रहेसम्म प्रस्ताव फिर्ता नलिने अडान व्यक्त गरे।

प्रधानमन्त्रीले प्रस्तावलाई परिमार्जन गर्न सकिने बताए। 'दलीय सहमति वा संसदीय प्रक्रियाबाटै यसलाई परिमार्जन गर्न सकिन्छ', प्रधानमन्त्रीले भने, 'एमाले पनि सहमतिमा आउँछ।'

'यो प्रस्तावको आविश्कार गर्ने एमाले अध्यक्ष केपी ओली हुन्', प्रधानमन्त्रीले भने, 'यसको विरोध गर्नु भनेको अनावश्यक वितण्डा मात्र हो।'

संशोधन प्रस्ताव दर्ता गर्नेहरुलाई राष्ट्रघाति भन्ने एमालेले यो प्रस्तावको आविश्कारक आफुलाई राष्ट्रघाति भन्न सक्नु पर्ने उनको धारणा थियो। संशोधन नै संविधान कार्यान्वनको सहजबाटो भएकोले कसैले पनि विरोध नगरिदिन दाहालले आग्रह गरे।

 

प्रकाशित: २२ मंसिर २०७३ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App