चिन्तन

एक कविको भविष्यवाणी

बिहिबार, २३ मङि्सर २०७३, ११ : ०३ स्वामी आनन्द अरुण


ओशो आफ्नो जीवनको विभिन्न कालखण्डमा भिन्नभिन्न नामले चिनिए। विद्यार्थीकालमा रजनीशचन्द्र मोहन, प्राध्यापक भइसकेपछि आचार्य श्री रजनीश, शिष्यहरूको लागि संन्यास दिक्षा सुरु गरिसकेपछि भगवान् श्री रजनीश र अन्तिम दिनमा उनी ओशोको नामले विश्वप्रसिद्ध हुन पुगे। शब्दातीत ओशोलाई शब्दमा पक्रन जति दुरुह भए पनि उनीबारे केही शब्दहरू लेख्न या बोल्नु मलाई अति सुखद लाग्छ। हाम्रो संस्कृतिमा प्रसिद्ध उखान छ– हरि अनन्त, हरिकथा अनन्ता। सन्त पुरुषहरूको बारेमा जति लेखे पनि, जति बोले पनि उहा“को व्यक्तित्वलाई शब्दमा अटाउन सकिँदैन। जबजब म समाधिस्त व्यक्तिहरूको जीवनलाई शब्दमा उतार्ने प्रयास गर्छु, उनीहरूको जीवन चरित्रले सत्पथमा हिँड्न मलाई ठूलो प्रेरणा दिन्छ। उनीहरूको सत्यप्रतिको निष्ठा, मुमुक्षा र सहजताले परम जागृति र मुक्तिको मार्गमा लाग्न झक्झकाइरहन्छ।

केही वर्षपछि मानिसलाई यो विश्वास गर्न कठिन हुनसक्छ कि ओशो जस्तो व्यक्ति यही मनुष्य शरीरमा थिए र एक्लै व्यक्तिले संसारको सबै प्रकारका पाखण्डका विरुद्ध विद्रोहको शंखनाद गरे! ओशो जति विद्रोही र क्रान्तिकारी थिए उति नै सृजनशील र कलात्मक पनि थिए। उनले संसारका सबै धर्म र बुद्धपुरुषहरूको वचनलाई पुनर्जागृत र पुनर्व्याख्या गरे। ७ सय पुस्तकको रचना गरे। ६ सयभन्दा बढी रूपान्तरणकारी सुन्दर ध्यानपद्धतिको विकास गरे। 

यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन। 

आफ्नो जीवनकालमा ओशो अबुझ र विवादास्पद नै रहे। धार्मिक व्यवसायीहरूले उनको विरोध गर्न कुनै कसर छोडेनन्। अन्ततः उनको हत्या पनि गरे। तर, सौन्दर्यका उपासक, कलाका पारखी ओशोलाई भारतवर्षका मुर्धन्य चिन्तक र कलाकारहरूले उनको जीवनकालमै मुक्तकण्ठले प्रशंसा गरे। त्यसमध्ये केही प्रसिद्ध व्यक्ति हुन्– अमृता प्रितम, खुशवंत सिंह, हरिप्रसाद चैरसिया, कल्याणजी–आनन्दजी, पण्डित जसराज, राजन–साजन मिश्र, एम. बी. कामथ, गुलजार, कन्हैयालाल नन्दन, महाकवि गोपालदास निरज, राम जेठमलानी आदि। आज पनि पूर्वाग्रहबाट मुक्त संसारभरिका स्वतन्त्र चिन्तक र सच्चा अध्यात्मिक अन्वेषकहरू उनको प्रज्ञा र साहसबाट आश्चर्यचकित छन्। नेपालको बौद्धिक वर्गको ठूलो संख्या ओशोका नियमित पाठक रहँदै आएका छन्। 

जीवनको अन्तिम कालमा भारतका एक जना सुप्रसिद्ध कवि हरिवंश राय वच्चनले आफ्नो एक मित्रलाई पठाएको पत्रमा लेखेका थिए– 'हिजो म ७३ वर्षमा प्रवेश गरेँ। स्वास्थ्य अवस्थाअनुसार छोटामोटा कैयौँ रोग लागेका छन् र त्यसको उपचार गरिरहेको छु। तर, निको नहुन सक्ने एक पुरानो रोगले मलाई पक्रेको छ। त्यो रोग हो– रजनीशाइटिस्। वर्षौँदेखि म रजनीशलाई पढिरहेको छु। तापनि म उनलाई नाप्न र पूरै बु‰न सकिरहेको छैन।'

बच्चन अगाडि लेख्छन्, 'ओशोको सम्भोग से समाधि की ओर कृति एक उच्चकोटिको पुस्तक हो। यसलाई सबैले पढ्नैपर्छ। खासगरेर नौजवानले। यो पुस्तकलाई कलेज, विश्वविद्यालयहरूमा एक मुख्य विषयको रूपमा पढाइनुपर्छ। यो यस्तो एक पुस्तक हो जसलाई आमाबुबाले आफ्ना छोराछोरीको विवाहमा उपहारको रूपमा अवश्य दिनुपर्छ। यो पुस्तक हरेक घरमा हुनुपर्छ। यो पुस्तकको बारेमा मैले जो भने पनि त्यो कम नै हुन्छ।'

सन् १९६९ मा कवि वच्चनले दिल्लीको एक साहित्यिक कार्यक्रममा ओशोलाई दोस्रो पटक भेटे। त्यतिबेला ओशो आचार्य रजनीशको नामले चिनिन्थे। ओशो पनि सो कार्यक्रममा वक्ताका रूपमा निम्त्याइएका थिए। बच्चनले ओशोलाई केही महिनाअघि भेटिसकेका रहेछन् र ओशोको गहन उपस्थिति र प्रज्ञाबाट अभिभूत भइसकेका रहेछन्। आफ्नो आत्मकथामा उनले त्यो प्रथम भेटलाई यसरी सम्झेका छन्, 'उनी ३५ को हाराहारीमा थिए। सुगठित सुन्दर शरीर, ठूला भेदनयुक्त आ“खाले उनको भित्री गरिमाको आभास दिन्थ्यो। उनी स्वतन्त्र र स्पष्ट वक्ता थिए।'

हरिवंश राय बच्चनको ख्याति एक लोककविका रूपमा भारतभरि फैलिसकेको थियो। उनको भावुक कवि हृदय ओशोका आग्नेय र विद्रोही अभिव्यक्तिबाट विस्मित भयो। जब उनको बोल्ने पालो आयो उनी ओशो बसेको नजिकै गए र भावुक भएर माइकबाट उनले उद्घोष गरे, 'रजनीश, म तिमीजस्तो रहस्यदर्शी होइन। म केवल कवि हु“। त्यसैले भविष्यवाणी गर्न सक्दिनँ। तर, यो म विश्वासपूर्वक भन्न सक्छु कि तिमी यति सुन्दर, साहसी र विद्रोही छौ कि यो दुनियाले तिमीलाई बु‰ने र पचाउने छैन। मलाई डर छ तिमी मारिने छौ।'

ओशोले पनि तुरुन्तै जवाफ दिए, 'बच्चनजी सामान्य व्यक्तिजस्तै अस्पतालको बेडमा मर्ने मेरो पनि इच्छा छैन। यो पाखण्डी समाजलाई मैले राम्ररी बुझेको छु। यहा“ सत्य बोल्दा के मूल्य चुकाउनुपर्छ भन्ने मलाई राम्ररी थाहा छ। म मारिए“ भने मेरो हत्याले मेरो भनाइलाई अझ प्रमाणित नै गर्नेछ। गान्धी, जिसस र सुकरातको हत्या नगरिएको भए उनीहरूले दिएको सन्देश यति व्यापक हुने थिएन। म आफ्नो जीवनलाई समाज रूपान्तरणको लागि उपयोग गरिरहेको छु र आवश्यक परे यसै लक्ष्यका लागि मेरो मुत्युको पनि उपयोग हुनेछ।'

आश्चर्य नै मान्नुपर्छ कि त्यो प्रसिद्ध कविले भावातीत निर्दोष अवस्थामा दिएको अभिव्यक्ति भविष्यवाणी नै सिद्ध भयो। संसारको सबैभन्दा ठूलो र संगठित धर्म र संसारको सबैभन्दा शक्तिशाली राष्ट्र पनि एक निशस्त्र व्यक्तिबाट डरायो। यो ढोँगी र आडम्बरी समाजले ओशोलाई मारेरै छोड्यो।

(स्वामी आनन्द अरुणको प्रकाशोन्मुख पुस्तक 'एक अचम्म मैले देखेँ' बाट साभार)









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओस्कारमा 'सेतो सूर्य'

ओस्कारमा 'सेतो सूर्य'

ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ।...

'मोडल हन्ट'मा र्‍याम्प शो

'मोडल हन्ट'मा र्‍याम्प शो

सौन्दर्य प्रतियागिता 'मोडल हन्ट नेपाल २०१७'को फिनालेमा अभिनेत्री प्रियंका कार्की, सिर्जना रेग्मी र 'मिस नेपाल २०१७' अस्मी श्रेष्ठ शो टपरका...

छेडछाड विरुद्ध इलियाना

छेडछाड विरुद्ध इलियाना

सेलिब्रिटीलाई फ्यानहरूले जिस्क्याउनु नयाँ कुरा होइन। तर सेलिब्रिटी आफंैले फ्यानले आफूमाथि गरेको दुव्यर्वहारका बारेमा सार्वजनिक गर्नु भने पक्कै नौलो हो।...

तीजको विकृतिमा बहस

तीजको विकृतिमा बहस

अहिले महिलावर्गलाई तीजले छपक्कै छोएको छ। विगतमा धार्मिक, परम्परागत र सांस्कृतिक आधारका रूपमा मनाइने तीजलाई अचेल त्यो बुझाइमा मात्र सिमित...