१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

युरोपियन कांग्रेसको भेला फ्रयांकफोर्डमा

फ्रयांकफोर्ड– नेपाली कांग्रेसको युरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको भेला आइतबारदेखि सुरु हुने भएको छ। जर्मनीको फ्रयांकफोर्डको होस्ट होपमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले जानकारी दिए।

समितिको १० औं वार्षीकोत्सवको अवसर पारेर आयोजना हुने भेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाउने बताइएको छ। भेलामा यूरोपस्थित १४ देशका प्रतिनिधि सहभागी हुने भेला तयारी समितिका संयोजक लोकमणी ढकालले जनाए।  

गैरआवासीय नेपाली संघको अभियानलाई समेत अझ प्रभावकारी बनाउने बिषयमा छलफल गर्नका लागि जनसम्पर्क समिति युरोपले विभिन्न राष्ट्रिय समितिका सभापतिहरु, महाअधिवेशन प्रतिनिधिहरु तथा युरोपस्थित कांग्रेस समर्थक नेता तथा कार्यकर्ता फ्रयांकफोर्डमा जम्मा हुने क्रम शुरु भएको छ। औपचारिक कार्यक्रम आइतबार साँझदेखि सुरु हुने भएको छ।  

नेपाली जनसम्पर्क समिति युरोपले दिएको जानकारीअनुसार आइतबारको भेलाले संगठनको आन्तरिक बिषयमा छलफल गर्ने छ। भेलामा पार्टी सुदृढीकरणलगायतका समितिको दोश्रो अधिवेशन, विधान संशोधन, अधिवेशन आयोजक तथा निर्वाचन समितिको गठनलगायतका एजेन्डामा छलफल हुने महामन्त्री गंगाधर गौतमले जनाकारी दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा हुने भेलामा युरोपभरका १४ देशका करिब ३ दर्जन प्रतिनिधि सहभागी हुने समितिले जनाएको छ।

भेलाको दोश्रो दिन सोमबार बृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने छ। अन्तक्र्रियामा जर्मनीस्थित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्थालगायत गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा लगायतले सम्बोधन गर्ने भएका छन्।  

जनसम्पर्क समिति यूरोपका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङले पार्टीका नेतृत्वलाई घच्घचाउने उद्देश्य र स्थापनाको १० औं वर्ष गाँठ मनाउन फ्रयांकफोर्डमा भेला आयोजना गर्न लागिएको बताए। ‘नेपाली कांग्रेसको विधानमा यूरोपियन समितिबारे अहिलेसम्म व्यवस्था छैन। विधानमा व्यवस्था नभएपछि पार्टी संगठनलाई सुदृढ बनाउन र यूरोपमा नेपाली कांग्रेसप्रति आस्था राख्नेलाई  संगठित बनाउन भेला आयोजना गरिएको हो ।’

भेलामा नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्डलगायतका देशको प्रतिनिधिले भाग लिँदैछन्।

 

प्रकाशित: २५ मंसिर २०७३ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App