सन्दर्भः ओशो जन्मदिवस ११ डिसेम्बर

राजनीतिको दुःखद् यथार्थ

सोमबार, २७ मङि्सर २०७३, १० : ०९ स्वामी आनन्द अरुण


सन् १९७० जनवरीको कठ्याङ्ग्रिने जाडोमा बिहान ६ बजे तुफान एक्सप्रेसबाट ओशो पटना आउने कार्यव्रmम बन्यो । ओशोलाई स्वागत गर्न आफ्ना दुई सहपाठी र पटना विश्वविद्यालयका उपकुलपति डा. रामचन्द्र प्रसादका साथ उपस्थित थिए“ । हामीले ओशोलाई ४ दिन सत्संग र सार्वजनिक कार्यक्रमका लागि आमन्त्रित गरेका थियौं । ओशो बसेको रेलको कुन डिब्बा कुन स्थानमा आएर रोकिन्छ भन्न गाह्रो थियो । त्यसैले स्टेसनमा हामी चार स्थानमा छरिएर बस्यौं । सौभाग्यले ओशोको डब्बा म भए ठाउ“मै आएर रोकियो ।

ओशोले के चेताए भने ‘राजनीतिमा समयमै परिवर्तन ल्याइएन भने पछि यो शोषण र भ्रष्टाचारको ठूलो अखडा बन्नेछ ।’ जुन आज दक्षिण एसियाको राजनीतिको दुःखद् यथार्थ बनिसकेको छ ।

सेतो लुंगी र सलमा बेरिएका ओशो रेलबाट बडो शालीनपाराले ढोकामा देखिए । केही समयअघि शुष्क लागेको त्यो स्टेसनमा उनको उपस्थितिले एक पुलकता र ताजगी फैलियो । झिसमिसै बिहानै नुहाएर तयार देखिएका ओशोलाई देखेपछि हामी छक्क प¥यौं । त्यसबेलाको प्रथम श्रेणीका डिब्बाहरुमा चिसो पानीले नुहाउने व्यवस्था हुन्थ्यो । केशबाट केही पानीका थोपा उनको शरीरमा झरेका थिए । मैले उनको पाउ स्पर्श गरें र डिब्बाबाट तल उत्रन हात दिएं ।
‘अरुण, तिम्रो त जा“च थियो, कसरी आयौ ?’ म छक्क परें । मैले जा“चको कुरा चार महिनापूर्वको द्वारिका शिविरको भेटमा उनलाई भनेको थिए“ । उनको स्मरणशक्ति तीक्ष्ण थियो । वर्ष बित्दै जादा मैले थाहा पाए“, मानिस, स्थान, घटना र सुनेको तथा पढेको कहिल्यै नबिर्सिने उनको बेजोड धु्रवस्मृति थियो ।
‘तपाईं यहा“ आएको क्षण म छात्रावासमा कसरी रहन सकूला“ ?’ मैले भने । उनी हाँसे । म डब्बाभित्र उनको सामान लिन छिरें । उनी ४ दिनका लागिमात्र आएका थिए । सामान थियो– चार सुटकेस र दुई झोला । ओशोले आफ्ना सामान हेरे र सोधे– ‘खोइ मेरो बुलवर्कर ? अरु सामानस“गै राखेको थियो । छुटेजस्तो छ ।’
मैले सामान निकाल्दा बुलवर्कर त देखेको थिए“ तर एक जोगीले कहा“ बुलवर्करमा व्यायाम गर्छ भन्ने लागेर अरु कसैको होला भनेर त्यहीँ छाडेर आएको थिए“ । त्यसबेला ओशो आफ्नो स्वास्थ्यप्रति निकै सचेत थिए, नियमित व्यायाम गर्थे । उनको शरीर सुडौल, कसिएको र सुन्दर थियो । दुई सुटकेसमा प्रत्येकमा एकएक वटा सिरानी राखिएको रहेछ । अन्य दुई सुटकेसमा उनले लगाउने लुंगी, सल तथा तौलिया र दुई ब्यागभरि किताबैकिताब थिए । त्यसबेला ओशो दिनमा औसत ३ देखि ५ पुस्तकसम्म पढ्थे । उनले पढेको हेर्दा लाग्थ्यो कि उनी पानामात्रै पल्टाउँदै कुनै चित्र हेरिरहका छन् । धाराप्रवाह प्रवचनमा बिनाकुनै नोट उनी आफूले पढेका ती पुस्तकबाट तथ्य, घटना, व्यक्ति, विषय र कालखण्डको चाखलाग्दो उद्धरण दिन्थे । एकचोटि भेटेको व्यक्तिलाई उनी कहिल्यै बिर्सिदैनथे । कुनै व्यक्तिलाई दोस्रोचोटि भेट्दा पहिलो भेटमा भएका कुरा र घटनाको प्रसंग पनि सहजै उठाउँथे । टेस्ला, स्वामी विवेकानन्दको पनि यस्तै स्मरणशक्ति थियो । ओशोले यसलाई नियमित जीवन र पूर्वको साधना फल भनेका छन् ।  
ओशोको स्मरणशक्ति पनि एक आश्चर्यजनक खोजकै विषय हो । उनले आफ्नो जीवनकालमा लगभग दुई लाख पुस्तक पढे । ओशोको निजी पुस्तकालय पुनामा अहिले पनि उनले पढेका एक लाख पुस्तक संग्रहित छन् । प्रत्येक पुस्तकमा पढ्न सुरु गरेको मिति, पढिसकेको मिति, टिपोट र अन्डरलाइन गरिएका छन् । मानिस ओशोलाई सोध्ने गर्थे– तपाईं निर्वाण प्राप्त गरिसकेको व्यक्तिले यति धेरै किताब किन पढ्नुहुन्छ ?
ओशोको उत्तर थियो– ‘मलाई पुस्तकी ज्ञानको अब कुनै आवश्यकता छैन । यो भोक मेटिइसकेको छ तर मैले आधुनिक युगको भाषामा बोल्नुपर्छ र बौद्धिकरूपले पनि मेरा स्रोतालाई मैले सन्तुष्ट गर्नुपर्छ । यति धेरै पुस्तक पढ्नु वास्तवमै मेरालागि कष्टप्रद् तपस्या नै हो ।’ उनका प्रवचनहरुमा आज पनि त्यही विपुल अध्ययनको सुगन्ध हामी पाउ“छौं । ओशोका पुस्तकहरु पढेर प्रवचन दिने धार्मिक गुरुहरु तथा राजनीतिक वक्ताहरुको लर्को पनि लामै छ । कसैकसैले त ओशोका उद्वरण, बोधकथा, जोक्स जस्ताको तस्तै बोल्छन् । तर उनीहरुको हृदयमा ओशोबाट आफू प्रभावित भएको अभिव्यक्ति दिनका लागि केही शब्द खर्चिने उदारता र नैतिक साहस पनि छैन ।
हामीले ओशोका सबै सामान कारमा राख्यौं । २४ घण्टा यात्रा गरेर आएका ओशोलाई हामीले भन्यौं– ‘तपाईं थाक्नुभएको होला, आराम गर्नूस्, हामी दिउ“सो भेट्न आउ“छौं ।’ तर ओशाले तुरुन्तै भन्नुभयो– ‘मैं बिल्कुल थका नहीं हुँ, तुम लोग साथ चलो ।’
ओशोको त्यो रजस्को समय थियो । त्यस समय उनी दिन÷रात प्रवचन र भ्रमणमा हुन्थे । ओशोकै शब्दमा, ‘म यो मुलुकमा दौडिरहन्थे । जति यात्रा मैले दस–पन्ध्र सालमा गरें, दुई–तीन जन्ममा पनि एक मानिसले गर्न सक्दैन । जति मैले ती दस–पन्ध्र सालमा बोलें, त्यसका लागि दस–पन्ध्र जीवन चाहिन्छ । बिहानदेखि रातसम्म म घुमिरहेको थिएँ, बोलिरहेको थिएँ । जरुरत, गैरजरुरत विवाद र उपद्रव पनि खडा गरिरहेको थिएँ । किनभने जति विवाद खडा हुन्थे, त्यति नै मेरो रजोगुणलाई निश्कासनको सुविधा मिल्थ्यो । मैले गान्धीको आलोचना गरेंँ । समाजवादको आलोचना गरेंँ । त्योस“ग मेरो कुनै सम्बन्ध पनि छैन । राजनीतिमा मेरो कुनै पनि लगाव छैन, रत्तिभर पनि मलाई कुनै रुचि पनि छैन ।’
‘तर जब सारा मनुष्यता एक विक्षिप्ततामा डुबेको छ, यदि तपाईंलाई त्यही मनुष्यताको बीच दौडिनै छ भने खेलकै लागि सही, आफ्नो आसपास केही उपद्रव निर्मित गर्नैपर्छ, कुनै न कुनै विवाद खडा गर्नैपर्छ । त्यो रजोगुणको यात्रामा अनेकौं विवाद खडा भए र मैले तिनको खुब सुख लिएँ ।’
३० वर्षको समयपछि ओशोको रजसकाल शुरु भयो । पटनाको त्यो चार दिनको प्रवास ओशोको त्यही रजस् शक्तिको शिखरकाल थियो । ओशोलाई डा. प्रसादको घर बस्ने व्यवस्था मिलाइएको थियो । उनलाई खाली कोठा मन पथ्र्यो । हामीले सबै फर्निचर निकालेर कार्पेट ओछ्याई कुनामा एउटा खाटमात्र राख्यौं । त्यही लगभग एक सय पचास वर्गफिटको कोठा नै उनको पटना प्रवासको बेला बेडरुम र बैठक कोठा थियो ।
ओशोलाई भेट्न दिनभरि बुद्धिजीवीहरुको घुइ“चो लाग्थ्यो । ओशोले ‘दिनभरिको कार्यव्रmम के छ ?’ भनी सोधे । हामीले बिहान बेलुकै प्रवचन, प्रश्नोत्तर र ध्यानका कार्यक्रम राखिएको कुरा बतायौं । ‘अनि बिहान बेलुकाको प्रवचनपछि दिनभरि के गर्ने ?’ उनले प्रश्न गरे । दिनभरि पत्रकार र बुद्धिजीवीहरूस“ग व्यक्तिगत भेटघाटहरू राखेको बतायौं तर ओशो सन्तुष्ट भएनन् । उनले दिउ“सो पनि एउटा सार्वजनिक प्रवचनको कार्यक्रम राख्नेमा जोड दिए । यति छिटो नया“ कार्यक्रम थप्न असम्भव लागेर हामीले असमर्थता प्रकट ग¥यौं तर उनी मानेनन् । ‘एक दिन दिउ“सो तिमीले आफ्नो इन्जिनियरिङ कलेजमा, अरू दिन स्थानिय रोटरी, लायन्स क्लब, मेडिकल एसोसिएसन, शिक्षक संघ र व्यावसायिक संस्थानहरूमा कार्यक्रम राख’ भनी सुझाए । हामी उनको सानिध्यमा बस्न चाहन्थ्यौं । उनी भने एकपछि अर्को काम हामीलाई थप्दै थिए ।
उनले भने– ‘यहा“ हुने कार्यव्रmमको शहरमा खबर छ कि छैन ?’ मैले पम्प्लेटहरु बनाएर शहरका भित्ताहरुमा टाँसेको कुरा बताएँ । ‘मेरो हरेक मिनेटको उपयोग गर । म चाहन्छु, अधिकतम मानिसस“ग मेरो सम्पर्क होस् । मानिसले हामीले थाहा पाएनौं भनेर पछि नभनून् । त्यसैले लाउडस्पिकर लिएर शहरमा माइकिङ गर्न जाऊ ।’ मैले सुनिरहेको कुरामा मलाई नै विश्वास भएन । तापनि अनमनसभावले म र मेरा मित्र तुफान एउटा रिक्सा भाडा लिई माइकिङ गर्न निस्कियौं । तुफान विद्यार्थी नेता थिए र यस्ता बाहिरी कार्यमा उनी अभ्यस्त रहेछन् । धुलो, धु“वाले मलाई अत्यायो । उनी यो माइकिङको काम आत्मविश्वासका साथ गरिरहेका थिए । ओशोको सानिध्य छाडेर धुलो खान मलाई मन परेन । त्यसैले मैले तुफानलाई यो कार्य एक्लै गर्ने जिम्मेवारी दिई उनलाई धन्यवाद दिएर म ओशोको सानिध्यमा फर्किए“ ।
मलाई डा. प्रसादकहा“ देख्ने बित्तिकै ओशोले ‘मथुराप्रसाद मिश्र कहा“ हुनुहुन्छ ?’ भनेर सोध्दै उहा“लाई तुरुन्त बोलाउने आज्ञा दिनुभयो । मुथुराप्रसाद मिश्र भारतीय कंग्रेसका एक उच्च नेता थिए र बिहारबाट चुनाव जितेर तीन चोटि लोकसभाको सांसद भइसकेका थिए । बिहारमा उनी त्यसबेला ओशोभन्दा बढी चिनिन्थे । उनी त्यहा“बाट नजिकै राजेन्द्रनगरमा बस्छन् भन्ने मलाई थाहा थियो । जब म त्यहा“ पुगेँ, उनी पार्टीका कर्याकर्ताहरुस“ग अनौपचारिक बैठकमा थिए । मैले ओशोले तपाईंलाई भेट्न खोज्नुभएको छ भन्दा उनी उत्साहित भए । उनी चियाका पारखी थिए । मलाईं पनि आफ्नै हातले चिया बनाएर दिए । उनी चियाका विशेष सौखिन भएकाले आफँै चिया बनाउँथे । मलाई चिया दिएर उनी तयार हुन गए । केही क्षणपछि हामी दुवै डा. प्रसादको घरतिर लाग्यौं ।
मथुराप्रसाद अद्वितीय श्रद्धा र निष्ठाका व्यक्ति थिए । ओशोबाट नवसंन्सासमा दीक्षित भइसकेपछि उनको नाम स्वामी आनन्द मैत्रेय भयो । पछि उनी ओशो कार्यको एक अभिन्न अंग भए र बिहारको मुख्य मन्त्री वा केन्द्रमा कुनै मन्त्रीको पद पाउने आश्वासनका बावजुद पनि उनले राजनीतिबाट पुरै संन्यास लिई ओशोको पछाडि पूर्णकालिक संन्यासी भए । उनी ओशोको आवास गृह लाउत्से हाउसको एक सानो कोठामा बस्थे । त्यसबेला पुना आश्रममा मात्र दुई भवन थिए– लाओत्सु र कृष्ण हाउस । लाउत्से हाउस एक महाराजको निजी निवास गृह थियो । त्यसमा छ वटा कोठा थिए । सुन्दर हरियो लन र फराकिलो वरन्डा थियो । ओशो, विवेक, लक्ष्मी, मुक्ता र उनका दुई छोरी लाउत्सेमा बस्थे । पन्ध्र वर्षसम्म लोकसभाका सांसद भइसकेका आनन्द मैत्रेय शान्त र एक विनम्र संन्यासीका रूपमा आश्रममा परिचित थिए । यही अविचल श्रद्धाको शिखरमा १९ जुलाई १९८७ मा उनले पूर्ण निर्वाण प्राप्त गरी आश्रममै शरीर छाडे । आश्रममा सम्पन्नता बढ्दै गएपछि उनलाई ठूलो राम्रो सुविधाजनक कोठामा सर्न गरिएको आग्रह उनले विनम्रपूर्वक अस्वीकार गरे । उनले गुरु बसेकै भवनको त्यही सानो स्टोर रुममै आनन्दित जीवन बिताए । राजनीतिको ठूला आकर्षक पदहरु र वैभवशाली जीवन छाडेर आश्रममा एक सामान्य कार्यकर्ता बनेर एक अतिशय सरल जीवन जिएका स्वामी मैत्रेय मेरालागि त्याग र शिष्यत्वका प्रेरणा पुरुष हुन् ।
मैले मथुराप्रसादलाई सिधै ओशोको कोठामा पु¥याए“ । म पनि केही क्षण ओशोस“ग बस्न पाउने आशामा थिए“ तर मलाई देख्नेबित्तिकै उहा“ले आज दिउ“सोको प्रवचनका लागि स्थान खोज्न र मान्छे जम्मा गर्न अह्राए । मैले यति छोटो समयमा नया“ कार्यक्रमको चाजो मिलाउन र मान्छे जम्मा गर्न असम्भव भएको बताए“ । तर उनी मेरो कुरा सुन्न फेरि पनि तयार भएनन् ।
यति छिटो दिउ“सोको कार्यक्रमको आयोजना मिलाउन हामीलाई वास्तवमै ठूलो समस्या थियो । सरस्वती पूजाको त्यो दिन नजिककै चोकमा पूजा चलिरहेको रहेछ । त्यहा“ पन्डाल र माइकको व्यवस्था देखेर मैले आग्रह गरेँ– ‘यहा“ आज ओशोको प्रवचन राख्न मन पराउनुहुन्छ ?’ आयोजकहरू सामान्य स्तरका मानिस रहेछन् । उनीहरूले ओशोको नामै सुनेका थिएनन् । मैले उनको फोटो भएको पम्प्लेट देखाए“ । ओशोको चित्रमा लामो दारी देखेर साधु पुरुष नै रहेछ भनेर उनीहरूले स्वीकृति दिए ।
यसरी ओशोको प्रवचनको अतिरिक्त कार्यक्रम थपियो । अपराह्न ओशो मञ्चमा आए । उनको प्रवचन बुझ्न सक्ने बौद्धिक स्तरका हामी आयोजकबाहेक त्यहा“ बिरलै कोही थिए । सडक दोकाने, रिक्सावाला र केही धर्मभिरुको त्यो जमात देखेर एकछिन ओशो छक्क र असमन्जस्यमा परे । तर जस्तोसुकै असहज स्थितिलाई पनि सहजै सुल्झाउन सक्ने उहा“को प्रखरता पनि बेजोडै थियो ।
उनले बोल्न शुरु गरे । प्रवचनको सारांश अहिले पनि मलाई याद छ । सरस्वतीको मूर्तिलाई हेर्दै उनले भने– ‘म जन्मजात मूर्तिभञ्जक ह“ु तर विडम्वना यो छ कि मलाई आज मूर्तिमुनि नै बसालिएको छ । भारतको चोकचोकमा सरस्वती पूजा हुन्छ तर सरस्वतीको बास त अक्सफोर्ड, क्याम्ब्रिज र हावर्डमा छ । लक्ष्मी र सरस्वतीको पूजा तिमीहरू यहा“ गर्छौ तर उनीहरू त युरोप र अमेरिकामा बस्न रुचाउ“छन् । विज्ञान र प्रविधिलाई अपनाएर लक्ष्मी र सरस्वतीलाई युरोप र अमेरिकाले फकाइसके । तिमीहरूको भागमा त खाली माटोको मूर्तिमात्र रह्यो ।’
कुन कारणले लक्ष्मी र सरस्वती तिमीहरूस“ग रिसाएका हुन् ? भनेर ओशोले प्रश्न गर्दा सबै अक्क न बक्क भए । ओशोले बोल्न जारी राखे । ‘कारण प्रस्ट छ, त्यो हो– विज्ञान र प्रविधिको अवहेलना ।’ यस्तो अन्धपूजाको विरोधमा ओशोले त्यो प्रवचनमा आफ्नो प्रज्ञाको तरवारले अन्धविश्वासलाई काटेको कुरा जम्मा भएका सरल स्रोतालाई मन परिरहेको थिएन । उनका यस्ता आलोचनात्मक अभिव्यक्तिहरू सुनेर पूजाका आयोजकहरू यसले हामीलाई गाली गर्न थाल्यो, अब ठीक हुन्न भनी जुर्मुराउन थाले । ओशोलाई त्यो आक्रोशित भिडबाट सकुशल आवासमा फर्काउने अर्को समस्या हाम्रो टाउकोमा थपियो ।
सरस्वती पूजाको त्यस पन्डालबाट ओशोलाई व्यवस्थापकहरूको रिस र अप्रसन्नताबाट बचाएर डा. प्रसादको घरसम्म सकुशल फर्काउनु नै त्यो अपराह्नको उपलब्धि हामीले ठान्यौं । दिउ“सोका स्रोताहरुको बौद्धिकस्तरबाट असन्तुष्ट ओशो बेलुकाको सिन्हा पुस्तकालयको मैदानमा अपेक्षाभन्दा बढी संख्या र उच्च बौद्धिक स्तरका स्रोताहरू देखेर सन्तुष्ट भए र हामी आयोजकहरूको प्रशंसा गरे ।
त्यो बेला भारत स्वतन्त्र भएको मात्र २३ वर्ष भएको थियो । गान्धी, नेहरु,  लोहिया र जयप्रकाशले राजनीतिमा ल्याउन खोजेको साद्गी र नैतिकता मक्किसकेको थियो । भारतको राजनीतिमा झुटो आश्वासन, भ्रष्टाचार, पाखण्ड र परिवारवादले प्रवेश पाइसकेको थियो । राजनीतिको यो पाखण्डप्रति ओशो आजन्म कठोर आलोचक रहे । उनको भनाइ थियो– ‘राजनीतिको यस्तो परिवेशमा प्रखर बौद्धिक र इमानदार व्यक्तिहरु सफल हुन सक्दैनन् । सामान्य बुद्धिका छक्कापञ्जामा चतुर र चाँजोपाजो मिलाउन जान्ने व्यक्तिको हातमा बिस्तारै नेतृत्व जान्छ । सत्ताका लागि जुनसुकै षड्यन्त्र र सम्झौता गर्न पछाडि नहट्ने यस्ता व्यक्तिको हातमा राज्यको सम्पूर्ण शक्ति दिनु खतरनाक हुन्छ । यस्तो राजनीतिमा न राज्यकै कल्याण हुन्छ न कुनै नीति नै बच्छ ।’ त्यसकारण उनले एक वैकल्पिक राजनीतिक व्यवस्थाको प्रस्तावना दिए । प्रतिभाशाली, इमानदार, निस्वार्थ र सिर्जनशील व्यक्तिहरुलाई राजनीतिमा आकर्षित गर्न भिडतन्त्रबाट मुक्ति, प्रतिभातन्त्रको स्थापना । ओशोले के चेताए भने ‘राजनीतिमा समयमै परिवर्तन ल्याइएन भने पछि यो शोषण र भ्रष्टाचारको ठूलो अखडा बन्नेछ ।’ जुन आज दक्षिण एसियाको राजनीतिको दुःखद् यथार्थ बनिसकेको छ ।
अरुणको प्रकाशोन्मुख आत्मकथा ‘एक अचम्भ मैले देखें’ बाट ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...