किसुनजीलाई सम्झिँदा

शुक्रबार, ०८ पुष २०७३, १० : २६ स्वामी आनन्द अरुण

आज पुस ८ गते किसुनजी (कृष्णप्रसाद भट्टराई)को जन्मदिवस हो। विस्तारै उहा“को स्मृति नेपाली मनसपटलबाट धूमिल हु“दै गइरहेको छ। किसुनजीको जन्मदिवस मनाउने परम्परा ओशो तपोवनले सुरु गरेकोले हामीले उहा“लाई कहिल्यै बिर्सन सक्दैनौँ। अहिलेको नेपालको राजनीतिक अवस्था र राजनीतिक व्यक्तिहरूको चरित्र हेर्ने हो भने किसुनजी जस्तो सन्त र तथाकथित अव्यावहरिक व्यक्तिको सक्रिय नेतृत्वमा ०७, ३६ र ४६ सालको जनआन्दोलन सफल भएको पत्याउन गाह्रो होला।

२०४६ सालको परिवर्तनपछि आफ्नो प्रधानमन्त्रित्वकालमा अत्यन्त जटिल र भीषण परिस्थितिबीच सर्वमान्य संविधान बनाई, त्यही सविधानको आधारमा निष्पक्ष चुनाव गराई नेपालमा प्रजातन्त्रको नया“ जग बसाल्ने कार्य कतिको चुनौतीपूर्ण थियो त्यो विगत ७–८ वर्षदेखि संविधानलाई सर्वमान्य बनाउने कठिनाइ झेलेका सबैलाई बोध भएकै हुनुपर्छ। आफ्नै नेतृत्वमा बनेको संविधानअन्तर्गत भएको २०४८ सालको चुनाव लोकप्रिय प्रधानमन्त्री स्वयंले हारे। मलाई याद छ– त्यो पराजयबाट समस्त राष्ट्र स्तब्ध र दुःखी थियो। किसुनजीलाई हराउन दरबार, विदेशी शक्ति र स्वयं आफ्नै दलका सहयात्री एकजुट भए। अभिमन्युलाई एक्लै चक्रब्यूहमा पारेर सिध्याएझैँ नेपाली राजनीतिका यी निष्कलंक र निष्पाप व्यक्तिलाई सबै शक्तिशाली पाखण्डी मिलेर हराए। जसरी कृष्णको हत्यापछि द्वापरयुगको अन्त्य भयो कलियुगको आगमन भयो किसुनजीको पराजयपछि नेपाली राजनीतिमा त्याग, तपस्या र निष्ठाको राजनीति पनि समाप्त भयो। अवसरवादिता, पदलोलुपता, विदेशी प्रभाव र सत्तालिप्साको लागि नैतिकताको पूर्णतः तिलाञ्जली दिने कलियुगको आरम्भ भयो। नेपालको लागि गणेशमानजी, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामहरि जोशी, भीमबहादुर तामाङ, शैलजा आचार्य, प्रदीप गिरिजस्ता निष्ठाका राजनीति गर्ने व्यक्ति विस्तारै नेपथ्यमा धकेलिए। चाँजोपाजो मिलाउने र धूर्ततामा माहिर भ्रष्ट राजनीतिकर्मीहरूको वर्चस्व बढ्न थाल्यो। २०४८ सालको चुनावमा किसुनजीलाई षड्यन्त्रपूर्वक नहराइएको भए नेपाली राजनीतिको आजजस्तो दुर्गति हुने थिएन। आज नेपाल अर्कै हुन्थ्यो।

किसुनजी जस्तोसुकै विषम परिस्थितिमा पनि विनोदपूर्ण शैलीले कटाक्ष गर्न माहिर हुनुहुन्थ्यो। मौकामा कसैलाई पनि ठट्टालु पाराले व्यंग्य गर्न उहा“ पछि पर्नु हुन्थेन। मृत्युको अन्तिम क्षणमा पनि उहा“ नर्भिक अपस्तालका सेवा गर्ने नर्सहरूलाई ठट्टा गर्दै भन्नुहुन्थ्यो– 'नानीहरूले बिहे गरेको छ कि छैन? समयमै बिहे गर्नू, नत्र मेरै पारा होला!' २०५६ सालमा दोस्रोचोटि प्रधानमन्त्री भएर बालुवाटार पुगेपछि मैले उहा“लाई बधाई दिँदै भनेको थिए“– राइट पर्सन इन द रङ प्लेस (खराब ठाउँमा असल मानिस)। यो सुनेर उहा“ खुब हा“स्नुभयो र स्वीकार्नु भयो।

ओशो तपोवनको वार्षिक उत्सवमा महजोडीले प्रज्ञा–प्रतिष्ठानको कार्यक्रममा उहा“माथि खुब तिखो व्यंग्य गरेका थिए। त्यस कार्यक्रमका प्रमुख अतिथि थिए– तत्कालीन सभामुख रामचन्द्र पौडेल। आफूभन्दा कनिष्ठ नेताले प्रमुख आतिथ्य गरेको कार्यक्रममा सामान्यतया नेता आउ“दैनन्। किसुनजीलाई पनि नआउने सल्लाह दिइएको रहेछ। तर, औपचारिकता तोडी त्यो समारोहमा किसुनजी आउनु भयो। पौडेलजीलाई असहज भयो। तर, किसुनजीले नै प्रेरित गरेर सहज बनाइदिनु भयो। कार्यक्रममा त्यहीँ बसेका किसुनजीलाई लक्षित गरी छोडिएका कटाक्ष उहा“लाई मन नपर्ने हो कि भनी सबै चिन्तित थिए। तर, थपडी बजाउँदै जोडजोडले हा“सेर रमाइलो मान्नेमा अग्रणी हुनु हुन्थ्यो किसुनजी नै। भैँसेपाटी पुगेपछि आफै फोन गरेर महजोडीलाई आफुमाथि गहकिलो व्यंग्य गरेर हसाएकोमा बधाई र धन्यवाद दिनु भयो।

४६ सालमा बहुदल स्थापनापश्चात् प्रधानमन्त्री नियुक्त भएपछि पत्रकार विजयकुमार किसुनजीको अन्तर्वार्ता लिन उहा“को निवासस्थान कुपण्डोल पुगेका थिए। पञ्चायत ढल्यो, बहुदलको स्थापना भयो, तपाईं प्रधानमन्त्री बन्नुभयो, अब त तपाईंको जीवनको सबै लक्ष्य प्राप्त भए होला भनी सोध्दा किसुनजीको जवाफ थियो– 'वास्तवमा मेरो जीवनको लक्ष्य नेपालको प्रधानमन्त्री हुनु होइन, मेरो जीवनको लक्ष्य मुक्ति हो र मुक्तिमा स्वतन्त्रता पनि आउ“छ, त्यो स्वतन्त्रताको संघर्ष गर्दा यो कुरा आइपरेको मात्र हो।'

आध्यात्मिक उन्नति र ईश्वर साक्षात्कार उहा“को जीवनको अन्तिम लक्ष्यका रूपमा सधैँ रहिरहे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा र गोष्ठिहरूमा जब स्रोताले उहा“बाट समसामयिक राजनीतिक विश्लेषण सुन्ने आशा गर्थे किसुनजी भने त्यहा“ पनि ईश्वरलाई नै सर्वोपरी मान्दै त्यही ईश्वर साक्षात्कारकै सेरोफेरोमा कुरा गर्नु हुन्थ्यो। २०४६ चैत २७ गतेको खुलामञ्चको ऐतिहासिक विशाल विजयसभामा लाखौँ व्यक्ति जम्मा भएका थिए। किसुनजी त्यो सभाको ठूलो आकर्षण हुनुहुन्थ्यो। उहा“ सौम्यरूपले बोल्न उठ्नुभयो र नेपाल निर्माणको यात्रामा हि“ड्न अब कुनै राजनीतिक अवरोध नभएको कुरा सम्बोधन गर्दै गीताको 'मेरो लोक न सूर्यले प्रकाशित छ न चन्द्रमाले, न कुनै अग्निले। त्यो लोकलाई प्राप्त गरेपछि फेरि यो जगत्मा फर्किनुपर्दैन' भन्ने श्लोकको व्याख्या गर्नु थाल्नुभयो। सुन्ने मानिस पनि छक्क परे। आफ्नो लामो संघर्षले ल्याएको विजय गौरव सभामा पनि किसुनजी बारम्बार आफ्नो सत्यानुभूति, ईश्वर साक्षात्कार र मुक्तिको लक्ष्य सम्भि्करहनु हुन्थ्यो।

ओशो तपोवनको स्थापनाकालदेखि नै किसुनजीस“ग हाम्रो गहन र आत्मीय सम्बन्ध रह्यो। यो आत्मीयता जीवनपर्यन्त रहिरह्यो। जेल जीवनकालदेखि नै ओशोलाई पढेको कुरा किसुनजी सधँै सम्भि्कनु हुन्थ्यो। उहा“को जीवनशैली सादा र पारम्परिक देखिए पनि ओशोको आधुनिक दर्शन र आध्यात्मिक दृष्टि उहा“ चाखले पढ्नुहुन्थ्यो, सुन्नुहुन्थ्यो।  मस“ग बसेर ओशो, रमण महर्षि, परमहंस रामकृष्ण र योगानन्दको घन्टौँ चर्चा गर्दा पनि थाक्नु हुन्थेन। जबसम्म उहा“ हिँड्न सक्नु हुन्थ्यो लट्ठी टेकेर आउनु हुन्थ्यो। हिँड्न गार्‍हो हुन थालेपछि ताम्दानी चढेर तल झर्नु हुन्थ्यो। त्यो बेलाका पत्रपत्रिकाहरूमा 'तपोवनमा बेहुला' भन्ने शीर्षकमा किसुनजी ताम्दानी चढेको फोटो प्रख्यात भएको थियो। उहा“ ओशो तपोवन निरन्तर आइरहनु भयो। आश्रमको साधारण शाकाहारी भोजन खुब स्वादिष्ट मान्दै रमाउँदै खानु हुन्थ्यो।

किसुनजीका केही उद्गार

• मानव स्वाधीनताको प्रश्न एक सार्वकालिक प्रश्न र समस्या हो। यसका अन्त्यहीन तन्तुहरू पृथ्वीदेखि अन्तरीक्षसम्म फि“जिएका छन्, जसको विभिन्न व्याख्या ज्ञानीहरूले गरेका छन्।

• सा“च्चिकै सेन्स अफ ह्युमर भएको मानिस सामन्ती हुनै सक्दैन।

• मेरो जीवन मबाट होइन परमात्माबाट प्रेरित र निर्देशित छ। खाली कमी र कमजोरीमात्र मेरा हुन्।

• चलाख राजनीतिज्ञले धेरैजसो क्षणिक सफलता प्राप्त गर्न सक्छ, तर दिगोरूपमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन।

• मेरो स्वतन्त्रताको संघर्ष जुन हो, कहा“ गएर मिल्न जान्छ भने मुक्ति अर्थात् निर्वाणस“ग।

जुनसुकै व्यक्तिलाई सम्भि्कँदा हामीलाई उसको विचार, भावना र तरंगले छुने गर्छ। किसुनजीलाई सम्भि्कँदा या उहा“को बारेमा लेख्ने प्रयास गर्दा निष्ठा, सरलता र आध्यात्मिकताले मेरो आ“खा रसाउ“छ। आउने पिँढीलाई यो विश्वास गर्न गाह्रो होला कि, इमानदारी र त्यागका यस्ता शिखर व्यक्तित्व कुनै बेला नेपालको राजनीतिमा हुनु हुन्थ्यो। उहा“ मलाई एक राजनीतिज्ञ कम ऋषि बढी लाग्नु हुन्छ। आज उहा“ हामीबीच भएको भए उहा“को ऋषिमनले नेतृत्व गरेको संविधान सबै नेपालीले सहर्ष स्वीकार गर्थे।

सबै प्रकारको शोषण र मानवमात्रको मुक्ति उहा“को लक्ष्य थियो र उहा“लाई यो स्पष्ट थियो कि स्वयंको रूपान्तरण र मुक्तिबिना यो सम्भव छैन। बाँडेगाउ“को उहा“ सुत्ने सानो कोठामा आज पनि त्यही निष्ठा र इमानदारीको सुगन्ध छ। त्यो सन्त पुरुषको अचल निष्ठा र ईश्वरप्रतिको निश्छल श्रद्धालाई सम्भि्कँदामात्र पनि हाम्रो आ“खा सजल हुन्छ, हृदय पवित्र हुन्छ।

 









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...