१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आक्रमणकारी आइएसआई नभई स्थनीय चरमपन्थीः बंगलादेशी गृहमन्त्री

ढाका (बिबिसि)–बंगलादेशका गृहमन्त्री असदुज्जामान खानले शुक्रबार राजधानी ढाकाको एक स्थानीय क्याफेमा भएको हमलामा इस्लामिक स्टेट (आइएसआई)को हात नभई बंगलादेशकै स्थानीय चरमपन्थीको हात भएको बताएका छन्।

खानले आइतबार संचारमाध्यमसँग कुरा गर्दै उक्त क्याफे कब्जामा लिनेहरु आइएसआईका लडाकु नभई स्थानीय चरमपन्थी लडाकुको हात भएको बताएका हुन्।

गत शुक्रबार राती उनीहरुले ढाकाको एक स्थानीय क्याफे आफ्नो नियन्त्रणमा लिँदै २० जना पर्यटकहरुलाई बन्धक बनाएका थिए। शनिबार मध्यान्न बंगलादेशी सैनिकले उक्त क्याफे सरकारी नियन्त्रणमा लिएका थिए। उक्त कारबाहीमा ६ बन्धककर्ता आक्रमणकारी मारिएका थिए। सैनिकले उक्त क्याफे नियन्त्रणमा लिनुअघि नै बन्धककर्ताहरुले २० जना बन्धकहरुको हत्या गरेका थिए। हत्या गरिएकाहरु इटाली र जापानी नागरिकहरु रहेका छन्।

हिजो मात्र आइएसआईले उक्त हमला आफूहरुले गरेको जनाएको थियो।

प्रकाशित: १९ असार २०७३ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App