१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

धरानमा रविन र इन्दिराको धमका

धरान- वाहना मात्र भेट्नुपर्छ, रमाइलो गर्न माहिर छन् धराने युवाहरु। झन् रविन एण्ड द न्यु रिभोलुसन र गायीका इन्दिरा जोशीको साथ होस, सारा भुलेर उनीहरु आफ्नै दुनियाँमा मस्त हुन्छन्।

शनिबार साँझ धरान १२ स्थित पब्लिक उच्च माविको मैदानमा आयोजित न्यु इयर इभ कन्सर्टमा यस्तै दृष्य देखियो। अंग्रेजी बर्ष २०१६ लाई विदाई गर्दै नयाँ बर्ष २०१७ को स्वागतमा सिल्भर इन्टरटेन्मेन्टद्धारा आयोजित कन्सर्ट । बेलुकी ५ बजे शुरु हुने भनिएपनि शुरु हुदा झण्डै ७ बज्यो । तर, रविन र इन्दिराको प्रतिक्षामा युवायुवतीहरुले धैर्यता देखाए । दुवैको प्रस्तुती अघि स्थानीय कलाकार जोन राई, बविन लिम्बु र चर्चित ब्याण्ड द आउट साइडरले पुषको चिसो रातलाई तताई सकेको थियो।

राती करिब ८ बजेतिर मात्र गायीका इन्दिरा जोशी स्टेजमा झुल्किइन्। उद्घोषकले इन्दिराको नाम लिने बित्तिकै युवाहरु जोशले उफ्रिन थालिहाले । बेहुली..बोलको गीतबाट प्रस्तुती शुरु गरेकी इन्दिराले ‘धरानकी केटीहरु राम्री हुन्छन्, उनीहरुकै लागि’ भन्दै चौबन्दी चोली अनि रातो घँघरा... बोलको गीत गाउँदा कन्सर्टस्थल युद्धमैदानमा जतिकै धुलो छेप्यो। गीतसँगै कम्मर घुमाउदै बेली डान्स पनि प्रस्तुत गरेर उनले धराने ठिटाहरुलाई भुतुक्कै पारिन् । उनले उध्रेको चोली.., मेरो लाहुरे आउछ रे यही जेठमा..जस्ता चर्चित गीत गाइन् ।

वान्स मोर भन्दा भन्दै पनि स्टेजबाट इन्दिरा अलप भइन् । धराने युवाहरुको सांगीतिक प्यास मेटिएकै थिएन । तरपनि उनीहरु निराश हुनु परेन । आफ्नो ब्याण्डको टोलीसहित स्टेजमा झुल्किहाले । युवाहरु नारा लगाउन थालिहाले..दम मारो दम..। रविनले भने शुरु भए हाम्रो देश...बोलको गीतबाट । यो गीत सकेपछि उनले यसो दर्शकहरुतिर नियाले, र सोधे,–‘म यहाँ वरीपरी के देख्छु था’छ ?’ उत्तर पनि आफैले दिए–‘म देशको भविष्य देख्छु, किनभने युवाहरु देशको शक्ति हो, युवाहरु देशको भविष्य हो ।’ यति भनिसकेर उनले युवाहरुलाई समर्पित गति गाए, तिम्रो दिन..। त्यसपछि उनले युवाहरुले औधी रुचाएको जति माया लाए पनि.., नेपाल मेरो गुलाबको काँडा.., चिसो चिसो हावामा.., भेटे मैलो शिवजी.., दम मारो दम..लगायत गीत गाए । युवाहरुको जोशले उनी पनि यति जोशिएर गाए कि पसिनाले निध्रुक्कै भिजेपछि टि सर्ट नै खोल्नु परेको थियो।

प्रकाशित: १७ पुस २०७३ ११:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App