दुई वर्ष अगाडि नै ओम पुरीले गरेका थिए, आफ्नो मृत्युबारे भविष्य वाणी !

शनिबार, २३ पुष २०७३, १० : ४९ एजेन्सी

मुम्बई–बलिउड अभिनेता ओम पुरी अब हामीबीच रहेनन्। उनको शुक्रबार निधन भएको छ। बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ओम पुरीले दुई वर्ष अगाडि आफ्नो मृत्युका विषयमा भविष्य वाणी गरेका थिए। एक अनलाइनलाई दिएको अन्तर्वातामा ओम पुरीले आफूलाई मृत्युदेखि डर नलाग्ने तर, विरामी हुने हुँ की भन्ने चिन्ताले भने सताउने गरेको बताएका थिए। यतिबेला ओम पुरीमा प्रसंशक र बलिउड फिल्म उद्योग ओम पुरीको शोकमा डुबेको छ। 

सो अन्तर्वाताका क्रममा  ओम पुरीलाई पाको उमेर र विरामीका विषयमा प्रश्न सोधिएको थियो।  सो प्रश्नको जवाफ ओम पुरीले यसरी दिएका थिए, ‘मलाई मृत्युदेखि डर लाग्दैन ।

तर मलाई बिमारीको डरले भने सताउने गर्छ। हामी देख्छौं मानिसहरु लाचार हुन्छन्। विरामीका कारण उनीहरु पूरै अरुमाथि निर्भर हुन्छन्। त्यस्तो अवस्थादेखि मलाई पनि डर लाग्छ । तर मृत्युदेखि डर लाग्दैन। मृत्यु त कतिबेला आउँछ थाहै हुँदैन। मानिस सुतेको सुत्यै जान पनि सक्छ। आज म तपाइँसँग कुरा गर्दैछु, भोलि तपाइँलाई थाहा हुन्छ की ओम पुरीको निधन भयो।’ यति भनेर उनी निकै जोडसँग हाँसेका थिए।

भारतीय  संचामाध्यमका अनुसार ओम पुरी विगत केही समयदेखि अस्वस्थ थिए। तर उनी काम पनि गर्दै थिए।  तर बिहीबार   सुतेका  ओम पुरी सुतेको सुत्यै भए। ओम पुरीले भनेका थिए, ‘सुतेको सुत्यै जान पनि सकिन्छ।’ आखिर त्यस्तै भयो, ओम पुरी सुतेको सुत्यै गए।










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

पूर्वका पाँच सहरमा 'घुम्ती किम्फ'

पूर्वी नेपालका पाँच सहरमा 'घुम्ती किम्फ २०१७' आयोजना गरिएको छ। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (घुम्ती किम्फ) मा यस वर्ष...

मेलामा साख गुमाउँदै कलाकार

मेलामा साख गुमाउँदै कलाकार

'मेला र महोत्सवमा पहिले खुब स्वागत–सत्कार पाउने कलाकारलाई अचेल आयोजकले भाडाका संगीतकर्मीजस्तो व्यवहार गर्दैछन्' ...

पूर्वमा राईजिङ स्टार छानिदै

पूर्वमा राईजिङ स्टार छानिदै

पूर्वी पहाडी जिल्लाबाट गायन र नृत्यमा नयाँ प्रतिभाको खोजी गरी अवसरको सृजना गर्ने उद्देश्यले राईजिङ स्टार –२ को छनौट सञ्चालन...

Fixed Ad