१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संशोधन प्रस्ताव देश विभाजन गर्ने गरी आएको छ: पोखरेल

पाल्पा- वर्तमान सरकारले ल्याएको संशोधन प्रस्ताव देशलाई विभाजन गर्ने गरि आएकोले यसलाई स्वीकार गर्न नसकिएको नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले बताएका छन्।

बुधबार प्रेस चौतारी नेपाल, पाल्पाले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पोखरेलले संविधान संशोधन मार्फत नेपाललाई हिमाल, पहाड र तराईलाई अगल बनाएर दुई राष्ट्रियता कायम गर्न खोजिएको आरोप लगाए। 'संविधान संशोधन प्रस्ताव कुनै पनि अवस्थामा पारित हुन सक्दैन', उनले भने, ‘देशमा ठूलो राजनीतिक परिवर्तन भैसकेको अवस्थामा पुरानै अवस्थातिर फर्काउन वर्तमान सरकार लागि परेको छ। पहिलो चरणमा ५ नम्वर प्रदेशको पहाडी जिल्ला तराईबाट अलग गराउने, पछि अन्य प्रदेशमा जोडिएको पहाडी जिल्लाहरुलाई अलग बनाउने नियोजित सड्यन्त्र रचिएको छ।’ संविधान जारी भए पनि संविधान कार्यान्वयन नभएको बताउँदै उनले संशोधन प्रस्तावले कहीँ कतै पनि निर्वाचन गराउन सहयोग नपुर्याउने बताए।

नेता पोखरेलले संसदमा रहेका सम्पूर्ण प्रतिपक्षको विरोधका बाबजुत पनि सरकारले विधेयक पेश गर्नु संसदीय मूल्य र मान्यता विपरित रहेको बताए।

प्रकाशित: २७ पुस २०७३ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App