१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालिका मन्दिरमा ६ महिनाको आम्दानी करिब ४७ लाख

बाग्लुङ–यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा यस आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ४७ लाख रुपैयाँ आम्दानी भएको छ। कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष राजु खड्काले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्षको पहिलो वर्षमा ४६ लाख ९८ हजार ८ सय १२ रुपैयाँ आम्दानी भएको उल्लेख गरिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा संकलित रकम भन्दा ७ लाख ५६ हजार ४ सय २६ रुपैयाँले बढी भएको अध्यक्ष खड्काले बताए। ‘यो आर्थिक वर्षको पहिलो ५ महिनामा गतवर्ष भन्दा ७ लाख ५६ हजार बढी संकलन भएको छ,’ खड्काले भने,‘गुठी व्यवस्थापन समितिले आफै भेटी संकलन गर्न थालेपछि आम्दानी बढेको छ।’

 यो छ महिनाको अवधीमा  ९ सय ९ बोका, १ हजार १ सय ४५ कुखुरा, २८ रांगो, ७ सुंगुर बलि दिइएको छ। भक्तजन एवं दर्शनार्थीहरुले मनोकामना पूरा होस भनी ३ हजार ५ सय ३९ जोडी परेवा मन्दिरबाट खरिद गरेर उडाएको खड्काले बताए। मन्दिरबाट चार सय ५४ पाथी चामल समेत बिक्री गरिएको छ । साउन महिनामा २ लाख ९७ हजार ७ सय ३४, भाद्रमा ४ लाख ८७ हजार ६ सय ३० रुपैयाँ, असोज महिनामा १८ लाख ७५ हजार ९१ रुपैयाँ, कार्तिकमा ६ लाख १९ हजार १ सय ३२ रुपैयाँ, मंसिर महिनामा ८ लाख ६४ हजार ४ सय ४७, तथा पौष महिनामा ५ लाख ५४ हजार ७ सय ७८ रुपैया संकलन भएको अध्यक्ष खड्काले जानकारी दिए ।  

गुठीले दर्शनार्थीले चढाउने दान भेटीका साथै बलीको मुढ, तथा परेवा विक्री तथा पिकनिक स्पट र पार्किङ शुल्कबाट यो आम्दानी भएको जनाएको छ । बोका, राँगा, सँुगुर, हाँस लगायतको पशुपन्क्षीको बलि दिईने यस मन्दिरमा गतवर्षबाट परेवाको बलि दिन रोक लगाईएको छ । शान्तिको प्रतीकको रुपमा रहेको परेवाको बलि दिनु उचित नहुने भएकाले रोक लगाईको अध्यक्ष खड्काले बताए । अहिले मन्दिरमा परेवाको भाकल गरेका भक्तजनले परेवा उडाउने गरेका छन् ।
 

प्रकाशित: १ माघ २०७३ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App