१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

वायु प्रदूषण नियन्त्रण गर्न बाह्रबुँदे सुझाव

काठमाडौं- वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउन गठित कार्यदलले आइतबार बाह्रबुँदे मुख्य सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई बुझाएको छ।

वातावरण विभाग महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले निर्धारित १५ दिनभित्रै प्रतिवेदन बुझाएको आयोग सदस्य डा. प्रभु बुढाथोकी कार्यदलले जानकारी दिए । ‘हामीले प्रतिवेदन बुझायौँ । यसलाई प्रभावकारी र व्यावहारिक बनाउने काम गर्न अझै तीन दिन लाग्न सक्छ,’ उनले भने । कार्यदलले तत्काल गरिहाल्नुपर्ने कामलाई अझ परिमार्जन गर्ने जानकारी डा. बुढाथोकीले दिए ।

आयोगको पहलमा वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन योजना बनाउन १५ दिनअघि नौ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रतिवेदनमार्फत सुझाइएका मुख्य १२ बु“दा कुन क्षेत्रबाट, कसरी र कहिलेसम्म कार्यान्वयन गर्न सकिन्छ भनेर हरेक बु“दाअन्तर्गत पा“च–पा“च उपबु“दा उल्लेख गरिएको छ । ‘प्रतिवेदन अझ परिमार्जन गर्न राष्ट्रिय योजना आयोगले सुझाएको छ,’ कार्यदलका एक सदस्य एवं वातावरणविद् भूषण तुलाधरले भने ।

प्रतिवेदनमा सडकको धुलो नियन्त्रण, सार्वजनिक यातायातको प्रवद्र्धन, सवारीसाधनको उत्सर्जन कम गर्ने, हिँड्ने र साइकल चलाउनेलाई प्रवद्र्र्धन गर्ने, हरियो स्टिकर टा“स्ने व्यवस्थालाई प्रभावकारी बनाउने, फोहोर पदार्थ जथाभावी बाल्ने काम तत्काल बन्द गर्न सुझाइएको छ । हरेक सुझावलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर थप उपबु“दा राखिएका छन् । 

यसैगरी हरियाली प्रवद्र्घन, विद्युतीय तथा हाइब्रिड सवारीसाधनको प्रवद्र्धन, इँटा भट्टाको धुवाँ तथा धुलो नियन्त्रण र व्यवस्थापन, सुशासन र समन्वयलाई प्रभावकारी बनाउने, जनचेतना अभिवृद्घि गर्ने, नियमित रुपमा अनुसन्धान र अध्ययन गर्ने परिपाटी बसाल्नुपर्ने जस्ता सुझाव प्रतिवेदनमा दिइएको छ ।

प्रतिवेदन तयारीका क्रममा भएका तीनवटै बैठकमा कार्यदलको एक सदस्य समेत रहेको यातायात व्यवस्था विभागबाट कसैले प्रतिनिधित्व नगरेको जानकारी स्रोतले दियो । ‘अब विभागलाई प्रतिनिधित्व गराएर थप बैठक गर्नुपर्ने भएको छ,’ स्रोतले भन्यो, ‘विभागका प्रतिनिधि तीनवटै बैठकमा नआएपछि आयोगका सदस्य बुढाथोकीले फेरि एकपटक प्रतिनिधित्वको मौका दिनुपर्छ भन्नुभएको छ । हामी फेरि बैठक बसाएर निष्कर्षमा पुग्छौँ ।’

सदस्य तुलाधरले आयोगले यस आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा गर्नुपर्ने कामको छुट्टाछुट्टै विवरण बनाउन सुझाव दिएको बताए । ‘तर मोटामोटी रुपमा हामीले हेर्दा सबै बु“दा तत्काल कार्यान्वयनमा लैजानुपर्ने देखिन्छ । तर यीमध्ये तत्काल गर्नुपर्ने मुख्य पा“च–छवटा काम छुट्टाउनुपर्ने भएको छ ।’

आयोग सदस्य बुढाथोकीले प्रतिवेदनमै उल्लेख सुझावमध्ये तत्काल गर्नुपर्ने पहिचान गरेपछि प्रधानमन्त्री कार्यालयस“ग छलफल गर्ने जानकारी दिए । ‘प्रदूषण नियन्त्रण गर्ने विषयमा प्रधानमन्त्री कार्यालयस“ग नजिक बसेर काम गरिरहेको छु । त्यसैले यसलाई तत्काल कार्यान्वयनमा लैजाने वातावरण तयार हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

कार्यदलमा यातायात व्यवस्था विभाग, उपत्यका ट्राफिक कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल इँटा उद्योग व्यवसायी संघ, अरनिको पाण्डे, विज्ञ सदस्यका रुपमा इसिमोड, तुलाधर, स्वास्थ्य विज्ञका रुपमा डा. खेम कार्की र वातावरण विभागका उपसचिव सदस्यसचिव छन् ।

आयोगको अगुवाइमा पुस २७ गते प्रदूषण नियन्त्रणसम्बन्धी अन्तक्र्रिया गरिएको थियो । त्यसमा सहभागी अधिकांशले सरकारलाई प्रदूषण नियन्त्रण गर्न तत्काल प्रभावकारी पहल गर्न सुझाएका थिए। विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउँदै तत्कालीन योजना बनाएर कार्यान्वयन गर्न सुझाव दिइएको थियो । यसपछि प्रधानमन्त्री कार्यालयले पनि चासो व्यक्त गर्दै आयोग, वातावरण मन्त्रालय र विज्ञस“ग सल्लाह गरेर अघि बढ्न तयार रहेको प्रतिबद्घता जनाएको थियो ।

कूटनीतिक नियोग र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले समेत प्र्रदूषणको अवस्था भयावह भएको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न कार्यकारी प्रमुख र सरकारको ध्यानाकर्षण गराएका छन्। राजधानीको प्रदूषण राष्ट्रिय र विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा धेरै गुणा बढी छ।

 

प्रकाशित: २४ माघ २०७३ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App