१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, ३ गम्भीर

 वीरगन्ज-  वीरगन्जमा नाला निर्माणको क्रममा भित्ता भत्किंदा थिचिएर एक मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आदर्शनगरमा नाला बनाउन खनिएको खाल्डो छेउको एउटा घरको भित्ता भत्किदा रौतहट रमौली ४ का ३६ बर्षे रामपुकार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ। एसियाली विकास बैंकको सहयोगमा ‘मझौला शहर एकीकृत शहरी बाताबरणीय सुधार आयोजना’अन्तर्गत उक्त नाला बनाउन लागिएको हो।

                सोही ठाउँ घर भएका ३० बर्षे उपेन्द्र दास, १८ बर्षे बलेश्वर सहनी र रौतहट मदनपुरका ३४ बर्षे गणेश साह घट्नामा घाइते भएका छन्। ठेकेदारको लापारवाहीका कारण घटना भएको स्थानीयको आरोप छ । प्रविधिक रुपमा बस्तुस्थिती नहेरी जथाभावी खन्ने काम गर्ने गरिएको उनीहरुले गुनासो गरे। मृतकको लास पोस्टमार्टमका लागि नारायणीउपक्षेत्री अस्पतालमा राखिएको छ भने घाइतेहरुको उपचार सोही अस्पताल र नेशनल मेडिकल कलेजमा भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।

                नाला बनाउने यस परियोजनाको डिजाइन जोखिमयुक्त रहेको स्थानीय बासिन्दाले ध्यानाकर्षण गराउँदै आएका थिए । ‘हामी कराउँदा कराउँदा थाकिसक्यौं, न ठेकेदारले सुन्यो न योजना कार्यालयले, घरहरु पुराना छन्, साघुँरा सडक छन्, गहिरो खाल्डो थेग्ने अवस्था छैन्, भन्दै आएका थियौं,’ आदर्शनगरमै घर भएका वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले भने, ‘प्रिकास्टिङ संरचना ल्याएर नाला बनाउदा छिटो र सुरक्षित हुन्छ भनेर प्राविधिकहरुको सल्लाह देखिएकोले त्यसरी नै नाला बनोस भनेका थियौं ।’ प्रिकास्ट प्रविधिमा संरचना अन्यत्र बनाएर निश्चित गरिएकोठाउँमा जडान गर्ने गरिएको छ।

प्रकाशित: ७ फाल्गुन २०७३ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App