१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एकै रातमा बाग्लुङ बजारका चार स्थानमा चोरी

बाग्लुङ- बाग्लुङ बजारमा एकै रातमा चार ठाउँमा चोरी भएको छ। बाग्लुङ बजारको लालीगुराँस चोकको सगरमाथा सुनचाँदी पसल, शुभलाभ बचत तथा ऋण सहकारी संस्था, शिवधाराचोकमा रहेको गोविन्दाज शाहाकारी रेष्टुँरा र यहाँको एक बैंकमा चोरी भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काका अनुसार सुनचाँदी पसलबाट चार तोला चाँदी र चार रती सुन गरी ६ हजार रुपैयाँ बराबरको चोरी भएको छ। अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ बाग्लुङले सञ्चालन गरेको शाकाहारी रेष्टुँरा गोविन्दाजबाट नगद ९५ हजार रुपैयाँ चोरी भएको गोविन्दाज रेष्टुराँका सञ्चालक परमेश्वर अच्युत दासले बताए। ‘साँझ रेष्टुँराको घर्रामा राखेको नगद ९५ हजार रुपैयाँ चोरी भएछ,’ दासले भने,‘संधै त्यही राख्दा केही भएको थिएन।’ 

‘सुन पसलबाट ६ हजार बराबरको सुनचाँदी र रेष्टुँराबाट ९५ हजार रुपैयाँ नगद चोरी भएको उजुरी आएको छ,’ खड्काले भने,‘सहकारी संस्था र बैंकबाट भने सामान वा नगद चोरी भएको जानकारी छैन। ताला फोडिएको पाईएको छ।’ बैंकप्रति जनताको विश्वास घट्ने भएकाले नाम सार्वजनिक नगरिएको उनले बताए। चोरी सोमबार राती १ बजेपछिको समयमा भएको प्रहरीले जनाएको छ। ‘सबै ठाउँमा एउटै प्रकारले ताला फोडिएको देखिएको छ,’ खड्काले भने,‘सिसि टिभीमा स्पष्ट नदेखिएपछि बैंकको सिसि टिभी फुटेज मगाएका छौं, अपराधीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सक्रियता पूर्वक लागेको छ।’ घटनाबारे विस्तृत रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। एकै रातमा श्रृङ्खलाबद्ध चोरी भएपछि यहाँ स्थानीय त्रसित छन्।

 

प्रकाशित: १६ फाल्गुन २०७३ १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App