गौतमलाई गोली हानिएको अानन्द बजार नाका तनाबग्रस्त, भारतीयका पसल तोडफोड

शुक्रबार, २७ फागुन २०७३, ११ : ३५ दिलबहादुर छत्याल

धनगढी— भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट गोविन्द गौतमले ज्यान गुमाएको कञ्चनपुर, आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार तनाबग्रस्त छ। करिब ८ सय नेपाली युवा राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन्। भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन्।

प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन्। भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन्।

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गाह्रो भएपछि धनगढीबाट थप सुरक्षा बल पुनर्वास पठाइएको छ। ५० जनाभन्दा बढीको सशस्त्र प्रहरीका दुई टोली तथा ५० जना जतिकै नेपाल प्रहरीको अर्को टोली पुनर्वास पठाइएको छ।

'करिब ८ सय मान्छे प्रदर्शनमा उत्रिएका छन् भन्ने जानकारी आएको छ', सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम रावलले नागरिकन्युजसँग भने, 'स्थिति नियन्त्रणमा लिन धनगढीबाट थप सुरक्षाकर्मी भर्खरै पठाइएको छ।'

सशस्त्र प्रहरीका दुई टोलीमा करिब ५० जना सुरक्षाकर्मी पुनर्वासतर्फ लागेको उनले जानकारी दिए।

पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागी बिहीबार पुनर्वास–८ आनन्दबजार निवासी ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो। भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाउँदा ६ जना घाइते भएका थिए। ती मध्ये सुरेश थापाको अवस्था गम्भीर छ। उनको सेती अस्पतालमा उपचार भइरहेको छ।

घटनाको विरोधमा कैलालीको गौरीफन्टा नाकामासमेत शुक्रबार बिहानैदेखि सयौं नेपाली युवाले प्रदर्शन गरिरहेका छन्। अप्रिय घटना हुन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन्।

बुधबार राति एसएसबीका जवान सीमावरि आएर नेपालीलाई कुटपिट गरेका थिए। भारतीय सुरक्षाकर्मीको दमनको विरोधमा उत्रिएका स्थानीयलाई एसएसबीले नेपाली भूमिमै आएरै गोली चलाएको थियो।









यसमा तपाईको मत

अन्य समाचार

तीन वर्षपछि ब्युँतियो ‘पलेँटी’

तीन वर्षपछि ब्युँतियो ‘पलेँटी’

तीन वर्षयता बन्द रहेको सांगीतिक शृंखला ‘पलेँटी’ पुनः सुरु हुने भएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै...

धुर्मुस–सुन्तलीले ‘मिनि नेपाल’ बनाउने

धुर्मुस–सुन्तलीले ‘मिनि नेपाल’ बनाउने

हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले ‘मिनि नेपाल’ बनाउने योजना सार्वजनिक गरेका छन् । सबै प्रदेशका...

परिवर्तन संघारमा नेपाली फिल्म

परिवर्तन संघारमा नेपाली फिल्म

सात वर्षअघि दयाहाङ राईले ‘दासढुंगा’मा अभिनय गर्दा जम्मा ३० हजार रूपैयाँ पारिश्रमिक पाएका थिए । २०६८ सालमा ‘लुट’ र त्यसको...

दातालाई स्वेताको सम्मान

दातालाई स्वेताको सम्मान

सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्। ...