१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्चले आइजिपी रिटको फैसला भोलि सुनाउने

काठमाडौं— सर्वोच्च अदालतमा नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमाथि बहस सोमबार सकिएको छ। पूर्ण इजालसमा भइरहेको सुनुवाइ सकिएसँगै सर्वोच्चले भोलि मंगलबार निर्णय सुनाउने भएको छ।

रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, अानन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजालसमा यो प्रकरणको सुनुवाइ भएको थियो। इजालसले सोमबारसम्म बहस सुनेर मंगलबारका लागि निर्णय मिति तोकेको हो।

सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरको नियुक्तिमा परेको रिट प्रधान न्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, अानन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजालसमा यो प्रकरणको सुनुवाइ भएको थियो। इजालसले सोमबारसम्म बहस सुनेर मंगलबारका लागि निर्णय मिति तोकेको हो।

सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। यसअघि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजालसले बिहीबार रिटलाई पूर्ण इजासलमा पठाउने निर्णय गरेका थिए।

सरकारले फागुन १ गते प्रहरी डिआईजी जयबहादुर चन्दलाई महानिरीक्षकमा नियुक्ति गरेको थियो। त्यही दिन प्रधान न्यायाधीश सुशीला कार्कीको इजासले उनको नियुक्ति तत्काल कार्यान्वयन नगर्नुरनगराउनु भनी सरकारका नाउँमा अन्तरिम आदेश दिएको थियो।

प्रहरी नियमावलीको व्यवस्थाविपरित तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई सरकारले महानिरीक्षक बनाएका पूरक निवेदन सहित नियुक्ति बदर माग गर्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले अन्तरिम आदेश जारी गरेको भोलिपल्ट फागुन २ गते डिआइजी नवराज सिलवालले वरिष्ठता क्रममा आफू पहिलो नम्बरमा रहेको भन्दै चन्दको नियुक्ति बदर गरी आफू महानिरीक्षक हुनु पर्ने दाबी सहित रिट दायर गरेका थिए।

प्रहरीको नेतृत्व चयन विवादमा परेपछि सरकारले फागुन २ गते राति कामु प्रहरी महानिरीक्षकमा डा.दिनेशचन्द्र पोखरेललाई तोकेको थियो।

प्रकाशित: ७ चैत्र २०७३ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App