१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिरमा हिंसा भड्कियो २३ जनाको मृत्यु

काश्मिर –भारत प्रशासित क्षेत्र काश्मिरमा भड्किएको दंगामा मृत्यु हुनेको संख्या २३ पुग्नुका दुई सय भन्दा बढी मानिस  घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्।

मृत्यु हुनेमा अधिकाशं प्रर्दशनकारी रहेका छन् भने एक प्रहरी अधिकारीको पनि झडपका क्रममा मृत्यु भएको छ। केही घाइतेहरुको अवस्था गम्भिर रहेको पनि संचार माध्यमहरुले जनाएका छन्।

 गत शुक्रबार प्रहरीको कारबाहीका क्रममा विद्रोही समूह हिजबुल मुजाहिद्दिनका कमान्डर २२ वर्षीय बुरहान बानीको मृत्यु भएपछि त्यहाँ प्रहरी र प्रर्दशनकारीबीच झडप चर्किएको हो । प्रहरीले आइतबार उनको परिवारलाई उनको शव बुझाएको छ । उनको अन्तिम यात्रामा हजारौं सहभागी भएका थिए ।

आक्रोशित प्रर्दशनकारीहरुले प्रहरीको एक भ्यान नजिकैको नदीमा खसालिदिएपछि त्यहाँको स्थिति झन् तनावपूर्ण बनेको छ ।
प्रर्दशनकारीहरुले सरकारले तोकेको निषेध  क्षेत्रमा प्रवेश गरेपछि स्थिति तनावपूर्ण बनेको छ । उनीहरुले स्थानीय तीन प्रहरी चौकीमा

आगजनीसमेत गरेका थिए ।
त्यहाँको सरकारले काश्मिरमा कफ्र्यू आदेश जारी गनर्सका साथै त्यहाँको प्रख्यात अमरनाथ यात्रालाईसमेत स्थिगत गरेको छ । साथै उसले यस घटनाको निश्पक्ष छानबिन गर्नेपनि जनाएको छ ।
 

 

प्रकाशित: २७ असार २०७३ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App