१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संवैधानिक इजालस तोक्न सर्वोच्चको आदेश

काठमाडौं— सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीलाई संवैधानिक इजलाशमा न्यायाधीश तत्काल तोक्न परमादेशको आदेश गरेको छ।

न्यायाधीश केदारप्रसाद चालिसे, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको वृहत् पूर्ण इजलाशले प्रधानन्यायाधीश कार्कीको नाममा परमादेशको आदेश जारी गरेको हो। अधिवक्ता माधवकुमार बस्नेतले संवैधानिक इजलास गठनका लागि न्यायपरिषदबाट आवश्यक न्यायाधीश सिफारिश गर्न परमादेश जारी हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट २०७३ फागुन २३ गते रिट दर्ता गराएका थिए।

माघ ४ गते उनले ल्याएको रिट एक महिना विचाराधीन हँुदै दर्ता भएको थियो। सर्वोच्चले तत्काल आवश्यक न्यायाधीश तोक्न बैठक बोलाउन न्याय परिषद र परिषदका अन्य सदस्यहरुको नाममा पनि आदेश जारी गरेको छ।

प्रधानन्यायाधीशको अध्यक्षतामा हुने परिषदले करिब एक वर्षदेखि संवैधानिक इजलाश गठन नगरी रोकेर राखेको थियो। पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अनिवार्य अवकाश पाएपछि इजलाश रोकिएको छ। अधिवक्ता बस्नेतले न्यायपरिषद्ले संवैधानिक इजलास गठन गर्न चाहिने चारजना न्यायाधीशहरू सिफारिश नगरी संवैधानिक प्रावधानहरूको उल्लंभन गरेको दाबी गर्दै रिट दर्ता भएको थियो।

रिटमा विपक्षीहरूलाई तत्काल संवैधानिक इजलास गठन गर्नका लागि संविधाको धारा १३७ (१) बमोजिम न्यायाधीश सिफारिश गर्न परमादेशको आदेश जारी गर्न माग गरिएको थियो।

प्रकाशित: १० चैत्र २०७३ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App