१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फेसबुक लाइभकै बेला गोली हानियो

भर्जिनिया –नर्थफल्कमा तीन जना एउटा कारमा बसेर चुरोट खादैँ,गीत गाउँदै स्मार्टफोनमार्फत फेसबुकमा लाइभ भिडियो स्ट्रिमिङ गर्दै रमाइलो गरिरेका थिए। हाल त्यही भिडियो उनीहरुमाथि भएको गोली प्रहारको प्रमाणको रुपमा रहेको बताइएको छ।

बुधबार स्थानीय प्रहरीले उक्त भिडियोले करिव २० वर्षको हाराहारीका तीन जनामाथि भएको गोली प्रहा गरेको  देखाएको जनाएको छ । प्रहरीले प्रेस विज्ञप्ति जारी गरी घटनामा गोली प्रहारबाट घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको तथा दुई जनाको अवस्था भने सामान्य रहेको जनाएको छ । उनहरुको अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यस हप्ता मात्रै गोली  प्रहार भएको घटना भिडियोमा रेकर्ड भएको यो दोस्रो घटना हो। यसअघि गत हप्ता एक महिलाले आफ्नो श्रीमानको गोली प्रहारबाट भएको मृत्युको भिडियो फेसबुकमा स्ट्रिम गरेकी थिइन् । सो  भिडियोमा प्रहरीले जाँच गर्नै क्रममा गोली चलाएको देखिन्छ ।यस्तै लोस्नियाम एक अफ्रिकन अमेरिकनको पनि प्रहरीले गोली हानी हत्या गरेको भिडियो फेसबुकमा भाइरल भएको थियो ।उक्त भिडियो एक विलयन प्रयोगकर्ताले हेरेका थिए ।

यता फेसबुकले भने कसैले गोली प्रहार सम्बन्धी जनचेतना दिन तथा उक्त गोली प्रहार गर्नै मानिस चिन्नका लागि स्ट्रिमिङ गरिएको भिडियो फेसबुकमा हाले त्यस्तो भिडियोलाई नहटाइने जनाएको छ । तर कसैले घटनालाई रमाइलोको रुपमा फेसबुकमा पोस्ट गरेमा त्यस्ता फेसबुक पोस्टलाई हटाइने जनाएको छ । नर्थफल्कमा भएको गोली प्रहारको भिडियो अहिले पनि फेसबुकमा छ र गएको २४ घण्टामा उक्त भिडियो ४ लाख ८० हजार प्रयोगकर्ताले हेरेका छन्।

 

प्रकाशित: ३० असार २०७३ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App