१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जनता र प्रहरीबीच सझदारी आवश्यकः ओबामा

वासिङटन–अमेरिकी राष्ट्रपति बाराक ओमाबाले अमेरिकी जनता र  प्रहरीबीच एक आपसमा समझदारी आवश्यक रहेको बताएका छन्।
उनले जनता र प्रहरीकाबीचमा समझदारुी बढाउने मामिलामा अमेरिकाले अझै धेरै गर्न बाँकी भएको बताएका छन् ।

वासिङटनमा प्रर्दशनकारी, स्थानीय राजनीतिज्ञ तथा कानुन व्यवसायीहरुसँगको भेटपछि ओबामाले अफ्रिकन अमेरिकन र प्रहरीबीचमा भैरहेको आपसी झडपको अनुसन्धान गरिने पनि बताए। उनले एक आपसमा असमझदारी र प्रहरीले काला मानिसमा गर्ने विभेदका कारण दंगा भड्किएका र यसले आफूलाई सँधै दुख लाग्ने गरेको बताउदै आएका छन्।

गत हप्ता डल्लासमा प्रहरीले लौसियाना र मिनीस्टोनमा दुई जना अफ्रिकन अमेरिकनो गोली हानी हत्या भएपछि त्यहाँ प्रहरीको विरुद्ध प्रर्दशन भैरहेको छ । साथै एक भूतपूर्व सैनिक अधिकारीले गोली हानी पाँच प्रहरीको गोली हानी हत्या गरेका थिए।

 

प्रकाशित: ३० असार २०७३ ०९:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App