१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपचारपछि घर फर्कने बेला राउटे युवाले भने: भत्ता बढाइदेउ (भिडियो)

विदाई कार्यक्रममा राउटे युवा शाही सहित सभामुख ओनसरी घर्ती। तस्बिर: प्रबीन कोइराला

काठमाडौं– आगोले जलेर एक वर्षदेखि थलिएका राउटे युवा कपिल शाही उपचारपछि घर फर्केका छन् । उनलाई उपचारको लागि बैशाख ७ गते ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।
शाहीलाई मंगलबार एक समारोहकाबीच सभामुख ओनसरी घर्तीले विदाई गरिन् । शाहीलाई विदाई गर्दै सभामुख घर्तीले राउटे समुदायको सहज जीवनको लागि आफ्नो ठाउँबाट पहल गर्ने बताइन् । शाहीलाई उपचार गरेर नयाँ जीवन दिलाएको भन्दै चिकित्सकहरुलाई उनले धन्यवाद व्यक्ति गरिन् ।

उनले जंगलमा रुख काट्न नपाउने र पहिले जस्तो सिकार पनि नपाइने हुँदा सरकारलाई भत्ता बढाइदिन आग्रह गरे ।

भिडियो:

उनी बुधबार सुर्खेत जाने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन्।
शाहीको उपचार पूर्णरुपमा नसकिए पनि १२ बर्षे पूजामा राउटे समुदायका सबै पुरुष उपस्थीत हुनै पर्ने सांस्कृतिक बाध्यताका कारण उनलाई डिस्चार्ज गरिएको डा.पीयुस दाहालले बताए। ‘उनी धेरै स्वस्थ्य भएका छन्’, दाहालले भने, ‘फिजियोथेरापी अझै गर्नुपर्ने हुन्छ। उनको थप उपचार क्षेत्रीय अस्पताल सुर्खेतमा हुने छ।’


शाहीको उपचारको क्रममा दुई सल्यक्रिया गरिएको डा.अपार लामिछानेले बताएका । उनका अनुसार शाहीको स्कीन ग्राफ्ट र कन्ट्याक्टर गरिएको थियो ।
विदाई कार्यक्रममा बोल्दै शाहीले आफुले नयाँ जीवन पाएको बताए । ‘मैले नयाँ जीवन पाएको छु । सायद जंगलमै भएको भए बाँच्ने थिइन होला ।’ उनले जंगलमा रुख काट्न नपाउने र पहिले जस्तो सिकार पनि नपाइने हुँदा सरकारलाई भत्ता बढाइदिन आग्रह गरे । सरकारले राउटे समुदायका व्याक्तिलाई प्रत्येक महिना २ हजार समाजिक सुरक्षा भत्ता दिँदै आएको छ। शाहीले उक्त भत्ता ५ हजार बनाउन आग्रह गरे । उनले १२ वर्षे पूजा सकेर फेरी उपचार गर्न आउने बताए ।
कार्यक्रममा पत्रकार ऋषी धमलाले आफुँ पनी आगोमा परको बताउँदै शाहीको स्वास्थ्य लाभको कामना गरे ।


अघिल्लो वर्ष पुसको पहिलो साता अछामको पियालतडामा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । आगोले पाखुरा, ढाड र पेट जलेका शाही एक वर्षको प्रयासपछि उपचार गराउन राजी भएपछि उनलाई काठमाडौ ल्याइएको थियो । उनलाई राउटे उत्थान प्रतिष्ठान, उपराष्ट्रपतिका छोरा दिपेश पुनको पहलमा उपचारको लागि काठमाडौ ल्याइएको थियो ।  
मानवीयताका नाताले आफु राउटे बस्तीमा पुगेर शाहीलाई उपचारको लागि ल्याएको पुनले बताए। आफ्नो तेस्रो प्रयासमा मात्र राउटे समुदायले शाहीलाई उपचारको लागि अस्पताल पठाउन राजी भएको उनको भनाई थियो ।
राउटे समुदाय झारफूक र जडिबुटीमा विश्वास राख्ने गर्छन् । उनीहरु अस्पताल जाउन मान्दैनन्। अस्पतालमा उपचार भएका शाही राउटे समुदायका दोस्रो व्याक्ति हुन् ।  कपिल राउटे मुखिया वीरबहादुर शाहीका जेठा छोरा हुन् ।
 समयमै उपचार नपाए पछि घाउ बल्झिए कपिल उठ्नै नसक्ने अवस्थामा पुगेका थिए ।
उपचार अभावमा कपिलजस्तै धेरै राउटे समुदाय बस्तीमै थलिएका छन् । महामुखिया ऐनबहादुर शाहीकी छोरी डुङग्री शाहीको पनि दुई हप्ता अगाडी उपचार अभावमा निधन भएको थियो ।
मध्यपहाडी जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदाय हाल दैलेखको विन्द्रासैनीमा छन् । राउटे समुदाय करिव एक सय ५२ को हाराहारीमा छन् ।

 

प्रकाशित: २६ वैशाख २०७४ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App