१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चम्पादेवी समाज गठन

काठमाडौं- सामाजिक कार्य गर्ने उद्देश्यको साथ चम्पादेवी उत्थान सेवा समाजको गठन भएको छ। धुब्र न्यौपाने (प्रविन)को अध्यक्षतामा १३ सदस्यी कार्यसमिति सहितको समाज गठन गरिएको हो।

ओखलढुंगा चम्पादेवी गाउँपालिकाबाट काठमाडौंमा आएर विभिन्न पेशा व्यवसाय गरी बसोवास गर्दै आएका स्थानीयले जन्मथलोमा केही गर्नको लागि समाजको गठन गरिएको बताईएको छ।

साविकको गाविस फेदीगुठमा हाल कुनै सामाजिक संस्था नभएको भन्दै चम्पादेवी वडा नम्बर ४ का स्थानीयले समाजको गठन गरेका हुन्। समाजले स्थानीयस्तरमा सामाजिक भूमिका खेल्ने जनाइएको छ। समाज काठमाडौंबाट सञ्चालन हुनेछ। ‘गाउँघरका अधिकांश युवाहरु काठमाडौंमा छन्,’ समाजका अध्यक्ष न्यौपानेले भने, ‘समाजको गठन काठमाडौंमा गरेर काठमाडौंमै सञ्चालन भएपनि समाजले गर्ने क्रियाकलप भने गाउँ केन्द्रित हुनेछन् ।’ उनका अनुसार गाउँमा सामाजिक संस्था समेत नरहेको हुँदा आवश्यक ठानी सेवा समाज गठन गरिएको हो ।

राजधानीमा भएको एक भेलाले समाजको अध्यक्षमा न्यौपानेलाई चयन गरेको हो । उपाध्यक्षमा ढकल बहादुर बुढाथोकी, सचिवमा खिलक बुढाथोकी, सहसचिवमा पदम बहादुर कार्की, कोषाध्यक्षमा अनिता पौडेल गिरी रहेका छन् । त्यस्तै सदस्यमा इन्द्र बहादुर खत्री, मिन बहादुर बुढाथोकी, रमेश पौडेल, जगत बहादुर बुढाथोकी, पूर्णकान्छा गुरुङ लगायत रहेका छन्।

प्रकाशित: ३० वैशाख २०७४ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App