१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

१० बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु, रुखमा खसेको मतको तथ्याङ्क राखिने

भरतपुरमा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली तथा माओवादीकी रेणु दाहाल

चितवन—शुक्रबार राति ८ बजेदेखि अवरुद्ध रहेको भरतपुर महानगरपालिकाको मतगणना दलहरुबीच १० बुँदे सहमति भएपछि सुरु भएको छ। वडा नं. ९ को मतगणनाको विषयलाई लिएर काँग्रेस माओवादीले विवाद झिकेपछि मतगणना स्थगित भएको थियो।

सहमतिअनुसार अब मेयर पदका लागि रुख चिन्हमा खसेको मत पनि अभिलेखका लागि गणना हुनेछन्। 'पूर्ण बदर मतको तथ्याङ्क राखी सार्वजनिक गरिनेछ', मुख्य दलबीच भएको सहमतिमा भनिएको छ। काँग्रेस माओवादी तालमेलमा भरतपुरमा रेणु दाहाल मेयर प्रत्यासी छिन्। तालमेल भए पनि मतदाताले रुख चिन्हमा मत दिएको पाइएपछि सो विषय सार्वजनिक गर्न माग हुँदै आएको थियो। उम्मेदवार बिनाको चिन्हमा परेको मत स्वत बदर हुन्छ। त्यस्तो मतसंख्या अहिलेसम्म गोप्य छ।

सहमतिअनुसार अब मेयर पदका लागि रुख चिन्हमा खसेको मत पनि अभिलेखका लागि गणना हुनेछन्। 'पूर्ण बदर मतको तथ्याङ्क राखी सार्वजनिक गरिनेछ', मुख्य दलबीच भएको सहमतिमा भनिएको छ।

मत गणनालाई पारदर्शी र व्यवस्थित बनाउन दलहरुबीच सहमति भएको हो। निर्वाचन अधिकृतले एक जना सूचना अधिकृत तोकेर एकद्वार प्रणालीबाट मतपरिणाम सार्वजनिक गर्न पनि दलहरुबीच सहमति भएको छ। मतगणनास्थलमा राजनीतिक दलका प्रमुख/प्रतिनिधिका लागि छुट्टै डेस्क राख्ने सहमति पनि भएको छ।

भरतपुर महानगरपालिकामा सत्ता साझेदार काँग्रेस माओवादी तालेमल रहेको छ।

भरतपुरको जारी मतगणनामा एमालेले वडा नं. २, ४, ५, ७ र ९ जितेको छ। काँग्रेसले १, ३,६ र ८ मा जित हात पारेको छ। शुक्रबार दिउँसो काँग्रेस माओवादी गठबन्त्रनबाट मेयर उम्मेद्वार रेणु दाहालको अग्रता लिएकी थिइन्। वडा ९ नं. को मतपरिणामपछि फेरि एमाले उम्मेदवार अघि बढेका थिए।

वडा नम्बर  ९ सम्मको मत गणना सकिँदा एमालेका मेयर पदका उम्मेद्वार देवि ज्ञवालीले कुल १५ हजार १५५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादी उम्मेद्वार रेणु दाहालले १४ हजार ८०९ मतसहित उनलाई पछ्याइ रहेकी छन्। उपमेयरमा काँग्रेसकी पार्वती शाह १६ हजार ८४९ मत सहित अगाडि छिन्। दिब्या आचार्य १२ हजार ४६३  मत पाएकी छिन्।

भरतपुर महानगरपालिकामा सत्तारुढ काँग्रेस र माओवादीको तालमेल छ। तालमेलपछि चितवन काँग्रेसमा देखिएको सुरुवाती असन्तोषले मत परिणाममा असर पार्छ कि पार्दैन भनेर भरतपुरको मत परिणाम प्रति धेरैको चासो छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडाहरु रहेका छन्। कुल एक लाख १२ हजार मत खसेको छ। काँग्रेस माओवादी गठबन्धनबाट भरतपुरमा मेयर पदमा उठेकी माओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी हुन्। काँग्रेस र माओवादीबीच केन्द्रीय तहमा तालमेल भएर मेयर पदका काँग्रेस उम्मेद्वारको उम्मेद्वारी पनि केन्द्रबाट आएकै पत्रका आधारमा फिर्ता भएको थियो।

भरतपुरमा तुलनात्मक रुपमा बलियो मानिएको काँग्रेसले मेयर पद नै फिर्ता गर्नु परेपछि जिल्लामा कार्यकर्ताहरु निकै आक्रोशितसमेत भएका थिए। पछि जिल्ला तहका नेताहरुले संयुक्त कार्यक्रम गरेर मतदाताको मन जित्ने प्रयास गरेका थिए। माओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापछि शेरबहादुर देउवाले भरतपुरमा संयुक्त रुपमा अन्तिम चुनावी सभालाई सम्बोधन गरेका थिए।

दलहरुबीच भएको १० बुँदे सहमति

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App