१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्याकडोनाल्ड र स्टारबक्सले आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट ब्लक गरे

अमेरिका –एन्टी पोर्नोग्राफि समुह म्याकडोनाल्ड र स्टारबक्सले आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट ब्लक गराउन सफल भएको छ ।यसै वर्षको सुरुवातमा उक्त समूहले म्याकडोनाल्डलाई आफ्नो वाइफाइ नेटवर्कबाट पोर्न साइट बन्द गर्न आग्रह गरेको थियो। उनीहरको आग्रहसँगै म्याकडोनाल्डले यसै हप्ताबाट अमेरिकी रेस्टुरेण्टहरुमा आफ्नो वाइफाइ नेटवर्कबाट कुनै पनि अश्लिल सामाग्री पढ्न र हेर्न नपाइने भएको हो । यसअघि उसले युकेमा रहेका आफ्ना रेस्टुरेण्टहरुमा वाइफाई नेटवर्कबाट अश्लिल साइट हेर्न रोक लगाइसकेको छ ।

म्याकडोनाल्डका प्रवक्ताले भने, ‘हामी हाम्रा ग्रहाकहरुलाई पारिवारिक वातावरणको आभास दिन चहान्छौँ र यसकालागि हामी प्रतिबद्ध छौं।’
इनफ इज इनफ र नेसनल सेन्टर अन सेक्सुयल एक्सप्लोटेशनले अश्लिल साइटका विरुद्ध आवाज उठाउदै आएको छ ।

यता स्टारबक्सले पनि केही दिनमा नै विश्वभर रहोक आफ्नो स्टोरहरकोे वाइफाइ नेटवर्कबाट अश्लिल साइट खोल्न रोक लगाउने बताएको छ।
 स्टारबक्सका प्रवक्ताले भने, ‘हामी चहान्छौ हाम्रा सेवाग्राहीले स्टारमा आउँदा दिन निर्वाध रुपमा वाइफाइको प्रयोग गरुन् तर अश्लिल साइट सजिलै खोल्ने वातावरणले पारिवारिक वातावरणलाई असर गनै भएकाले हामीले वाइफाइ नेटवर्कबाट अश्लिल साइटलाई प्रतिबन्ध लगाएका हौं।’  इनफ इज इनफका प्रमुख डोन्ना राइस ह्यिुजले  उनीहरुको यस कदमको प्रशंसा गरिन्।

उनले भनिन्, ‘ म्याकडोनाल्ड र सटारबक्सको कदमको हामी स्वागत गर्दछौँ, इन्टरनेटको माध्यमबाट अश्लिल साइट हेर्नु सामाजीक चासोको विषय हो ।’ उनले अविभावकले आफ्ना बालबच्चालाई कुनै पनि रेस्टुरेण्टमा लादाँ त्यहाँको वातावरण कस्तो छ भन्ने बुझ्नु पर्ने बताइन् । उनले मानिसहरुमा मोवाइलको प्रयोग बढ्दै गएको र यसले गर्दा बच्चाहरुले सजिलै कुनै पनि वाइफाइ नेटर्वकको प्रयोग गरी अश्लिल साइट हेर्न सक्छन् यो नेै प्रमुख चिन्ताको भिएको पनि उनले बताइन् ।

 

प्रकाशित: ३ श्रावण २०७३ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App