१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

टोकियोमा पर्यटन प्रवर्द्धन

काठमाडौं—टोकियो विश्वविद्यालयले हरेक वर्ष मे महिनामा महिनामा आयोजना गर्ने 'गोगाचुसाई मेँ फेस्तामा नेपालको पर्यटन क्षेत्रबारे जानकारी गराइएको छ। विश्वविद्यालयमा अध्यनरत विद्यार्थीको सहयोगमा नेपाल पर्यटन बोर्डले स्टल राखेरै नेपाल घुम्न आह्वान गरेको हो।

मे २० र २१ दुई दिन चलेको फेस्तामा चार सय भन्दा बढी खानाका स्टल, इन्डिया, बंगलादेश लगायत दश भन्दा बढी राष्ट्रका प्रबर्धन स्टलहरू थिए। नेपालको स्टलमा जापानीलगायत बिभिन्न देशका नागरिकहरूले दुई दिनमा ३ हजार भन्दा बढीले अवलोकन गरेका थिए। नेपालबारे चासो राख्ने उनीहरुले नेपाली परिकार मःमःको स्वादसमेत लिएका थिए।

यसपटक अध्ययनको लागि सय जना जापानी नागरिकहरू माझ नेपाल भ्रमणबारे स्याम्पल सर्वे पनि गरिएको थियो। तीमध्ये ३० प्रतिशत जापानी १ देखी ७ पटक सम्म नेपाल भ्रमण गरिसकेका, सत प्रतिसतले जाने चाहना ब्यक्त गरेका र नेपालभन्दा के कुरा सम्झनुहुन्छ भन्दा अधिकांसले हिमाल, मठमन्दिर र लुम्बिनीको नाम लिएका थिए।

दुईदिने फेस्ता नेपाल पर्यटन प्रवर्द्धनका कोणबाट फलदायी भएको नेपाल पर्यटन बोर्डका जापानका लागि अबैतानिक पर्यटन दूत अनुज थापा बताए।

कार्यक्रमलाई १ लाख भन्दा बढिले अवलोकन गरेको आयोजकको दाबी छ।

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App