१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भेनेजुएलामा हिंसा बढाए

कारागास-   भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा हिंसात्मक गतिविधि बढाउनमा सहयोग गरेको आरोप लगाएका छन्।

अमेरिका भेनेजुएलाको राजनीतिक स्थिताको विपक्षमा रहेको भेनेजुएलाका राष्ट्रपति निकोलस् मादुरोको  दाबी रहेको छ। हाल भेनेजुएलामा रहेको राजनैतिक अस्तव्यस्त्तताको पछाडी ट्रम्पको हात रहेको मादुरोले सञ्चार माध्यमहरुमा प्रष्ट रुपमा  बताएका छन् । ट्रम्पको यस्तो कार्यशैलीको विरोध गर्दै उनले यसको विरुद्धमा मंगलबार शान्ति र्‍याली निकाल्नका लागि आफ्ना समर्थकहरु लाई आह्वान गरेका छन्। भेनेजुएलामा सरकार विरोधी आन्दोलन भएको झन्डै दुई महिना भई सकेको छ।

भेनेजुएलामा विगत लामो समय देखि  सरकार विरोधी आन्दोलन भइरहेको छ। शनिबार भएको सरकार विरोधी आन्दोलनमा सरकारले गोली हान्दा एक २३ वर्षिय युवकको मृत्यु भएको थियो । आन्दोलनकारीहरुले उनीहरुको प्रदर्शनलाई थप प्रभावकारी बनाउन प्रयास गरेकोले नियन्त्रणको शिलशिलामा सरकारले गोली चलाएको बताएको छ।

प्रकाशित: ९ जेष्ठ २०७४ ०९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App