१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाजमा रेखा

युएई- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईको अध्यक्षमा रेखा घिमिरे चयन भएकी छन्।  समाजले गरेको प्रथम अधिवेशनबाट नयाँ नेतृत्वमा घिमीरे सर्वसम्मत चयन भएकी हुन्।

अधिवेशनले नवनिर्वाचित घिमिरेको अध्यक्षतामा २३ कार्यसमितिको समेत गठन गरिएको छ। 

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गोपी कृष्ण पंगेनी, उपाध्यक्षहरु लक्ष्मण देवाली र अनुराग थपलिया, महासचिवमा राम तामाङ, सचिवमा कुशल बुच्चा, कोषध्यक्षमा एम डी बोहोरा, सहकोषाध्यक्षमा दिपक गुरुङ र प्रवक्ता धनेन्द्र मास्की राना मगर लगाएत अन्य सदस्यहरु रहेका छन्। 

नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले युएईमा रहेका सम्पूर्ण नेपाली कलाकार एक हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा निवर्तमान महासचिव गोपीकृष्ण पंगेनीले समाजको प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण देवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।​

प्रकाशित: ४ श्रावण २०७३ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App