२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

छोरी बलात्कार गर्ने बुवा पक्राउ

कोहलपुर – दिउँसै घरभित्र छोरीमाथि बलात्कार गर्ने बुवालाई कोहलपुर ड्राईभरटोलका स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । पत्नि विदेशमा गएको मौका छोपी १८ बर्षीय छोरीमाथि बलात्कार गर्ने ४५ बर्षीय बुवालाई गाउँलेले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुरको जिम्मा  लगाएका छन्। 

मदिरा सेवन गरी दिउँसो १ बजे छोरीमाथि जर्वजस्ती गर्न खोज्दा चाल पाएका स्थानीयले घरबाटै बुवालाई कब्जामा लिएका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरले ४५ बर्षीय बुवामाथि हाडानाता करणी मुद्दा चलाएको छ । हाडानाता मुद्दामा कारवाही भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए । ‘गाउँलेले जर्वजस्तीकरणीको चाल पाएपछि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए,’ उनले भने, ‘छोरीले निवेदन दिएपछि कारवाही थालेका छाैं।’ 

आमा विदेश रोजगारीमा गएको र बुवाले त्यही मौकामा छोरीमाथि बेला बेला जर्वजस्तीकरणी गर्ने गरेको खुलेको उनले भने । 

प्रकाशित: २४ जेष्ठ २०७४ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App