१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अमिर खानको दंगल उत्कृष्ट भएको चीनको दाबी

नयाँ दिल्ली – चिनियाँ राष्ट्रपति सि जिङ पिङले बलिउड चलचित्र दंगललाई एक हेर्न लायक चलचित्र रहेको भनी प्रशंसा गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शुक्रबारको भेटवार्ताको क्रममा यस्तो बताएका हुन्। 

बलिउड अभिनेता अमिर खानको दंगलले बलिउडको एक उत्कृष्ट उत्पादन भएको उनको दाबी थियो । चलचित्र दंगल चीनमा सबैभन्दा बढी कमाई गर्ने गैर हलिउड चलचित्र बनेको उनले बताए । 

चलचित्र दंगलले चीनमा ११०० करोड भन्दा बढीको व्यापार गर्न सफल भएको राष्ट्रपति पिङले बताए । 

भेटवार्तामा उनीहरू बीच पछिल्लो समय भारत पाकिस्तानको कुटनीतिक सम्बन्ध र सृजना भएको तनावपूर्ण स्थितिका बारे समेत छलफल भएको थियो ।

चलचित्रले पितृसतात्मक समाजमा राम्रो छाप पार्न सफल भएको राष्ट्रपति पिङले बताएका थिए । चलचित्र दंगलले चीनमा अप्रत्यासित सफलता हासिल गरेको राष्ट्रपतिको भनाई छ । 

प्रकाशित: २७ जेष्ठ २०७४ १०:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App