१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

'फायर बाइक'का आर्किटेक्ट

दमकल छिर्नै नसक्ने सहरका साँघुरा गल्लीमा आगो निभाउने विकल्प के होला? बाक्ला बस्ती र दमकल नछिर्ने साँघुरा गल्ली देख्दा धेरैको मनमा चिसो पस्छ।

स्थानीयको त्रास र आगलागी सम्झँदा चार वर्षअघि जुद्ध वारुणयन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जोखिम न्यूनीकरणको विकल्प फुराए–फायर बाइक।

उनले तयार पारेको अवधारणामा अहिले जुद्ध वारुणयन्त्रको कार्यालयमा आठ वटा 'फायर मोटरबाइक' छन्। जुन सधैं तैनाथ हुन्छन्, साँघुरा गल्लिमा लागेको आगो निभाउन।

जुद्ध वारुणयन्त्रको कार्यालयमा आठ वटा 'फायर मोटरबाइक' छन्। जुन सधैं तैनाथ हुन्छन्, साँघुरा गल्लीमा लागेको आगो निभाउन।

हुन त उनी आफैंले गल्लीभित्र आगलागी हुँदा दमकल छिराउन नसकेर ठूलो क्षति भएको घटना देखिसकेका छन्। आगलागीको क्षतिलाई रोक्न २०७० सालदेखि उनको अवधारणामा बनेको 'फायर बाइक'को उद्घाटन तत्कालीन स्थानीय विकास मन्त्री प्रकाशमान सिंह गरेका थिए।

'फायर बाइक'को सहायताले साँघुरा गल्लीमा लागेको आगो सहजै नियन्त्रण गर्न सकिन्छ। 'राजधानीको कुनै पनि स्थानमा आगलागी हुनासाथ फायर बाइक पुग्छन्,' भट्टराई भन्छन्, 'यो उपकरण भित्रिएपछि उपत्यकामा आगलागीको क्षति कम गर्न सहयोग पुगेको छ।'

वारुणयन्त्रमा अहिले ८ जना अग्नी नियन्त्रक छन्। भट्टराईले विभिन्न मुलुक पुगेर दमकल र आगलागीबारे तालिम लिइसकेका छन्। उनले अमेरिका, जापान, सिंगापुर, इटलीलगायतका मुलुक पुगेर त्यहाँको प्राकृतिक संकट, पूर्वतयारी र आगलागीबारे प्रशिक्षण लिएका छन्। आफूले विकसित मुलुक पुगेर सिकेको ज्ञानलाई स्वदेशमा प्रयोग गरेकाले अग्नी नियन्त्रण क्षेत्रमा उनले छुट्टै पहिचान बनाएका छन्।

उनी आगलागी र विपद् व्यवस्थापनबारे तालिम पनि दिन्छन्। 'बाहिर मुलुकमा सिकेका कुरालाई व्यवहारमा उतारेको छु,' उनी भन्छन्, 'हामीसँग १० वटा फायर बाइक र ६ वटा दमकल छन्, यसले उपत्यकामा हुने आगलागी सजिलै नियन्त्रण गर्न सकिन्छ।'

फायर बाइकको मद्दतले दन्किरहेको आगोलाई सजिलै नियन्त्रण गर्न सकिन्छ। फायर बाइकको दुवैतिर पानीको सट्टा 'ड्राई केमिकल पाउडर'का सिलिण्डर राखिएको हुन्छ। त्यसले आगो फैलिनबाट रोक्छ। त्यसपछि दमकल ल्याएर आगो नियन्त्रण गर्न सकिन्छ।

'फायर बाइक'को सपना साकार पार्न भट्टराईलाई बजाजका नेपाली बिक्रेता शेखर गोल्छाले सहयोग गरे। भट्टराईको योजनामा बजाजले कार्यालयलाई १० वटा 'एभेन्जर' मोटरसाइकल दिएको थियो। ती बाइकलाई 'मोडिफाई' गरेर उनले आगो नियन्त्रण गर्ने उपकरण जडान गरे। उनले बनाएका 'फायर बाइक' ललितपुर र भक्तपुर वारुणयन्त्रमा पनि छन्।

'सुरुमा नमुनाका रूपमा एउटा फायर बाइक चलाउने भनेर कम्पनीसँग मोटरसाइकल मागेको थिएँ,' भट्टराईले भने, 'कम्पनीलाई मेरो डिजाइन मन परेपछि १० वटा मोटरसाइकल दियो।'

कसैले १०१ नम्बरमा फोन गरेर आगो लागेको सूचना दिए 'फायर बाइक' कुदाउने व्यवस्था गरिएको छ। अहिले आगो निभाउन आवश्यक 'कार्बनडाइअक्साइड', 'ड्राई केमिकल पाउडर', 'फायर एक्स' (आगलागी हु“दा प्रयोग गर्ने बञ्चरो), 'हाइड्रोलिक कटर', 'अक्सिजन', धुँवा नियन्त्रण गर्ने उपकरण, पानीको पाइप, डोरीलगायत सामग्री बाइकमा नै राखिएको हुन्छ।

नेपालमा राणा प्रधानमन्त्री जुद्ध शमसेरले वारुणयन्त्र सुरुवात गरेका थिए। उनले १९९४ सालमा बेलायत भ्रमण गर्दा त्यहाँको दमकल देखेर नेपालमा दमकल स्थापना गर्ने इच्छा बेलायती समकक्षी समक्ष राखे।

उनको इच्छाअनुसार बेलायतले 'मोरिस' कम्पनीको दमकल सहयोगका रूपमा दियो। काठमाडौंबाहिर सडक सञ्जाल नभएकाले बेलायती दमकल बोकेर राजधानी भिœयाइएको थियो।

सरकारले दमकल र यसको सुरक्षामा कुनै चासो नदेखाएकोमा भने उनी दुःखी छन्। 'सरकारले अहिलेसम्म दमकलकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) दिन सकेको छैन,' उनी भन्छन्, 'अष्टे्रलियाको रेजेनवर्न कम्पनीबाट फायर फाइटिङमा सामग्री पाएका छौं, यसबाटै निर्वाह चलेको छ।'

प्रकाशित: २९ जेष्ठ २०७४ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App