२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा राजपा कार्यकर्ताले ढुंगा हाने

नेपालगन्ज- राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा हानेका छन्। कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान ८:१० बजे बा१४छ १३४७ नम्बरको गाडीमा ढुंगा हानिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार गाडीको सिसा फुटेको छ।

ढुंगा प्रहार गर्ने राजपा कार्यकर्ता ललितकुमार रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डा. कनोडियाले घटनालाई सामान्य बताए। सार्वजनिक यातायात र बजारमा राजपाद्धारा घोषित बन्दको खासै प्रभाव छैन।

प्रकाशित: ३० जेष्ठ २०७४ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App