१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुको बाँणगंगामा बम विस्फोट, १० घाइते

कपिलवस्तु – कपिलवस्तुको बाँणगंगा नगरपालिका ४ को गजेडा चोकमा आइतबार दिउँसो बम विस्फोट हुँदा १० जना घाइते भएका छन् भने घाइते मध्ये दुर्इकाे अवस्था गम्भीर रहेकाे छ ।


स्थानीय तहको दाेश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराउन माओवादी र काँग्रेसको संयुक्त प्यानल जिल्ला निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै गर्दा बम विस्फोट भएको हो। विस्फोटले घटनास्थल वरपरको घरहरू तथा बसहरूमा पनि सामान्य क्षति पुगेको छ । 

घाइतेहरूकाे बाँणगंगा ४ स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि नलिएको  र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए । 

घटनास्थल निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको छ । 

 

प्रकाशित: ४ असार २०७४ ०८:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App