१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानसँग भारतकाे लज्जास्पद पराजय

लन्डन- इङ्ल्यान्डको ओभल मैदानमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतसँग १८० रनको फराकिलो विजय हात पारेकाे छ। ३३९ रनको लक्ष्य पछ्‌याउन मैदानमा अाएकाे भारत ३०.३ अाेभरमा अलअाउट हुँदै १५८ रनमा सीमित भयाे।

हार्दिक पाण्डेबाहेक अरू कुनै ब्याट्सम्यान जम्न नसक्दा भारत लज्जास्पद पराजय व्यहाेर्न बाध्य भयो।

हार्दिक पाण्डेबाहेक अरू कुनै ब्याट्सम्यान जम्न नसक्दा भारत लज्जास्पद पराजय व्यहाेर्न बाध्य भयो।

तेस्रो बलमै भारतको पहिलो विकेट झरेको थियो। भारतका ओपनर रोहित शर्मालाई मोहम्मद आमिरको एलबीडब्लु धरापमा परेका थिए। ७ रनको स्थितिमा विराट कोहली पेभेलियन फर्केपछि भारतीय टोली लड्खटाएको हो। शिखर धवन २२ बलमा २१ रन बनाएर बनाएर भए। युवराज सिंह ३१ बलमा २२ रन बनाएर आउट भए।

पाँच विकेट गुमाउँदा भारतको ५४ रन बनेकाे थियाे।

टस जितेर भारतले पाकिस्तानलाई ब्याटिङका लागि निम्त्याएको थियो।

फखाहर जमानले ११४ रनको शतकीय पारी खेल्दा ५० ओभरमा ४ विकेट गुमाउँदै पाकिस्तानले ३३८ रन बनाएको हो।

ओपनर ब्याट्सम्यान उनले तीन छक्का र १२ चौका प्रहार गर्दै १०६ बलमा ११४ रन जोडेका हुन्। अर्का ओपनर अजहर अलीले ५९ रन बनाए। मोहम्मद हाजिफ ३७ बलमा ५७ रनको विस्फोटक पारी खेल्दै नटआउट रहे। उनले तीन छक्का र चार चौका प्रहार गरेका थिए। यसैगरी बाबर अजामले ४६ रन बनाए।

बलिङतर्फ भुवनेश्वर कुमारले १० ओभरमा २ मेडन राख्दै ४४ रन दिएर एक विकेट लिए, जस्पृत बुम्रारहले ९ ओभर बलिङ गर्दै ६८ रन दिए र रविचन्द्र अश्विनले १० ओ ७० रन दिएका छन्। हार्दिक पाण्डेको एक ओभरमा ५३ रन दिएर एक विकेट लिए। हार्दिक पाण्डेले १० ओभरमा ५३ रन दिएर एक विकेट लिए।

जारी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र भारतबीच भइरहेको यो दोस्रो भिडन्त हो। यसअघि यही प्रतियोगितामा पाकिस्तानले १ सय २४ रनको लज्जास्पद हारका साथ प्रतियोगिताको सुरुआत गरेको थियो। पछिका खेलमा भने पाकिस्तानले उल्लेख्य सुधार गर्दै प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको हो। आजको खेलमा पाकिस्तानले भारतलाई दवाबमा राख्दै आएको छ।

प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका हसन अली पाकिस्तानी टोलीका महत्वपूर्ण सदस्य हुन्। पाकिस्तानी कप्तान तथा विकेटकिपर सरफराज अहमद पनि यस प्रतियोगितामा उत्कृष्ट लयमा देखिएका छन्।

प्रकाशित: ४ असार २०७४ १७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App