१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाले बन्दी बनाएको अमेरिकी विद्यार्थीको मृत्यु

उत्तर कोरियाले रिहा गरेको अमेरिकी विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएको छ।  २२ वर्षीय उनलाई उत्तर कोरियाको बन्दीगृहमा थुनामा राखिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्दीगृहमा रहँदा उनलाई चरम यातना दिएको भन्दै उत्तर कोरियाली सरकारको निर्दयीपनाको कडा शब्दमा निन्दा गरेका छन्।

विदेशबाट रिहा भएलगत्तै उनलाई स्वदेशकै एक अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारमा संलग्न चिकित्सकहरूले उनलाई स्नायु प्रणालीसम्बन्धी गम्भीर रोग लागेको उनको उपचार असम्भव बताएपछि उनको मृत्यु भएको हो।

उत्तर कोरियाको एक होटलमा प्रोप्रोगाण्डा चिन्ह चोरी गर्न खोजेको आरोपमा बन्दी उनलाई बनाइएको थियो। उनको मस्तिष्कमा गम्भीर चोट लागेको कारण उनको स्वास्थ्य स्थिति नाजुक भएपछि उनलाई त्यहाँबाट रिहा गरिएको थियो।

सन् २०१६ को जनवरीमा पर्यटकका रूपमा उत्तर कोरिया गएका उनलाई बन्दीगृहमा राखिएको थियो। उनले सनुवाईको क्रममा आफूले एक व्यानर चोरेको तथ्यलाई स्वीकार गरेका थिए। उत्तर कोरियाले उनलाई उनीहरूको संस्कारमा प्रभाव पार्न दख्खल दिएको आरोप लगाएको छ। उत्तर कोरियामा अझै तीन जना अमेरिकी विद्यार्थीलाई बन्दीगृहमा राखिएको छ।

प्रकाशित: ६ असार २०७४ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App