१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले अपेक्षाकृत सहयोग नगरेको ट्रम्पको भनाई

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु परीक्षणको श्रृङखलालाई न्यूनीकरण गर्नमा चीनले अपेक्षाकृत सहयोग गर्न नसकेको बताए। 

उनले उत्तर कोरियाले रिहा गरेको एक अमेरिकी विद्यार्थीको मृत्यु भएको भएको घटनाबारे बोल्दै बन्दीगृहमा अत्याधिक यातना दिएका कारण उनको मृत्यु भएको दाबी गरे। 

ट्रम्पले परमाणु हातहतियारको उत्पादन तथा प्रयोगमा उत्तर कोरियामाथि रोक लगाउनका लागि चीन सरकारले गरेको प्रयास असफल भएको बताए। 

राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङ पिङबीच गत अप्रिलमा अमेरिकाको फ्लोरिडा राज्यमा भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा चीनले उत्तर कोरियाको सामना वार्ता कै माध्यमबाट गरिने आश्वासन दिएको थियो। 

राष्ट्रपति ट्रम्पले चीन सरकारले केही हदसम्म आफ्नो प्रयासलाई जारी राखे पनि उसको प्रयास सफल हुन नसकेको बताए । उत्तर कोरियाले परमाणु हातहतियारको परीक्षणलाई निरन्तरता दिई रहदाँ विश्वमा तनावपूर्ण स्थितिको श्रृजना भएको अमेरिकी सुरक्षा अधिकारीहरूको दाबी छ।

प्रकाशित: ७ असार २०७४ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App