सातदोबाटोमा युवतीबीच फिल्मीशैलीमा 'ग्याङ्फाइट'

बुधबार, ०७ असार २०७४, १९ : २६ दीपक खरेल  | @DeepakKharel037


ललितपुर– सामाजिक सञ्जालको सामुहिक च्याट रुपबाट काभ्रेकी कोपिला गिरी र ओखलढुङगाकी सलिना राई सुनवारको चिनजान भएको थियो। फेसबुकको यो चिनजान धेरै दिन समधुर हुन सकेन। सातदोबाटो बस्ने गिरी र शान्तिनगर बस्ने राईबीच बादविवाद हुनथाल्यो। फेसबुक च्याट र मोबाईलमा एकले अर्कालाई धम्काउन थाले।

‘दुबैले आफ्नो एरियामा आए देखाईदिने भन्नेक्रमको अन्त मंगलबार भयो, गिरी र राईको समुहबीच सातदोबाटो सेल्सवेरी अगाडि घम्साघम्सी भएको हो,’ सातदोबाटो वृत्त प्रमुख डिएसपी रामेश्वर यादवले नागरिकन्युजसँग भने।

‘दुबैले आफ्नो एरियामा आए देखाईदिने भन्नेक्रमको अन्त मंगलबार भयो, गिरी र राईको समुहबीच सातदोबाटो सेल्सवेरी अगाडि घम्साघम्सी भएको हो,’ सातदोबाटो वृत्त प्रमुख डिएसपी रामेश्वर यादवले नागरिकन्युजसँग भने।

उनका अनुसार ६–७ जनाको समुहमा आएको राई र सोही सख्यामा रहेको गिरी समुहबीच सुरुमा भनाभन भएको थियो। विवाद बढ्दै जाँदा गिरी उपर अन्धाधुन्ध चक्कु प्रहार भयो। वृत्तका अनुसार १७ वर्षीया कोपिला गिरीलाई पाँच–छ ठाँउमा चक्कु प्रहारबाट चोट लागेको छ। घाइते उनको हाल सुमेरु अस्पताल धापाखेलमा उपचार भै रहेको छ ।

सातदोबाटो चोक नजिक नै दुई समूहका युवतीबीच फिल्मी शैलीमा झडप भएको हो। प्रहरीले झडपमा संलग्न राईसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चक्कु प्रहार गर्ने राई, सुमन राई, रजिना सुनवार र  कामना राई रहेका छन्। गिरी उपर चक्कु प्रहार गरेपछि राई समुह गाडी चढेर भाग्दाभाग्दै प्रहरीको मोबाईल टोलीले नियन्त्रणमा लिएको हो।

‘थप चारजना फरार रहेका छन, खोजी जारी छ, ज्यानमार्ने उद्योगमा थप कारवाही अघि बढेको छ’ डिएसपी यादवले भने। उनका अनुसार राई समुह होटलमा वेटर काम गर्नेहरु हुन्। पक्राउ परेका र फरार तथा घाईते १६ देखि २३ वर्ष उमेर समुहका छन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

‘पद्मावती’ विवाद

‘पद्मावती’ विवाद

महंगो सेटमा फिल्म बनाउन माहिर बलिउड निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’को फष्र्टलुक सार्वजनिक हुनासाथ फिल्मकर्मीदेखि दर्शकसम्मले फष्र्टलुकको तारिफ गरे...

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

फूलमानको ‘नीरफूल’मा म्यान्मारका राजदूत दम्पती

सञ्चारकर्मी फूलमान बलको निर्देशन रहेको फिल्म ‘नीरफूल’मा म्यान्मारका राजदुत ऊ लिउन ऊ देखिने भएका छन् । भूकम्पले तितर वितर पारेको...

दसैंका गीतमा पीडा

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो...

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

तीन फिल्मसँग आउँदै ‘तान्द्रो’

आगामी कात्तिक २४ गते ‘सकस’, ‘रोमियो’ र ‘मेला’ रिलिज हुने चर्चा चलिरहँदा यही मितिमा अर्को फिल्म ‘तान्द्रो’ पनि रिलिज हुने...