१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण अफगानिस्तानको कारबम आक्रमणमा बीसको मृत्यु

अफगानिस्तान – अफगानिस्तानको लासकर घा सहरमा आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित एक कारबम आक्रमणमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रमाजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो। 

यस घटनामा परी कम्ती ५० घाइते भएका उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको हालसम्म कनै पनि समूहले जिम्मा लिएको छैन् ।

तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्यगरी भीषण आक्रमण गर्ने घोषणा गरी बसेका तालिवानी आतङ्ककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ। 

यस आक्रमणमा परी २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० घाइते भएका छन्, यी सबै सर्वसाधारण नै रहेका सरकारी प्रवक्ता आमार जवाकले बताएका छन्। साथै मृतकको सङ्ख्या बढ्न सक्ने समेत उनले जानकारी दिएका छन्।

प्रकाशित: ८ असार २०७४ ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App