१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नारायणगढ मुग्लिन सडकमा ठाउँ ठाउँमा पहिरो, यातायात ठप्प

चितवन- निर्माणधीन नारायणगढ मुग्लिन सडक खण्डमा ठाउँ ठाउँमा पहिरो जाँदा हिजो शनिबार रातिबाटै यातायात ठप्प भएको छ। नारायणगढ मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार हिजो राति आठ बजेबाटै पहिरो झर्न सुरु भएको थियो। अहिले आइतबार बिहानबाट पहिरो सफा गर्न सुरु भएको छ। आज मध्यान्हपछि मात्रै यातायात खुल्ने सम्भावना रहेको खनालले जानकारी दिए। 

निमित्त प्रमुख खनालले भने 'हिजो ८ बजेबाट पहिरो झर्न सुरु भएपछि यातायता ठप्प भएको हो। आज बिहानबाट पहिरो सफा गर्न सुरु भएको छ। थप पहिरो गएन र राम्रोसँग काम गर्न पाइयो भने आज मध्यान्ह १०/१२ बजेपछि मात्रै यातायात खुल्ने सम्भावना छ।' नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला, टोपो खोला र चार किलोमा पहिरो गएको उनले जानकारी दिए।

सो क्षेत्रममा बिहीबार राति मात्रै पहिरो गएर प्रहरीको भ्यानसमेत पुरिएको थियो। प्रहरीको भ्यान र त्यसमा रहेका चारजनामध्ये दुईजना प्रहरी हराइ रहेका छन्। दुईजना प्रहरीको निधन भएको थियो। बन्द यातायात २० घण्टापछि मात्रै खुलेको थियो। यसअघि असार ३ गते शनिबार सोही क्षेत्रमा पहिरो जाँदा नौ घण्टा बाटो बन्द भएको थियो। असार सात गते पनि पहिरो खसेर दुख दिएको थियो।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ। सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा नै पहिरो गएर दुख दिने गरेको हो। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको सो सडक खण्डमा दिनहु १० हजारसम्म गाडीहरु ओहर दोहर गर्छन्।

पहिरोले पटक पटक दुख्ख दिदा यात्रुहरु हैरान भएका छन्। ज्यान कै जोखिम बढ्न थालेपछि सो सडक खण्ड भएर यात्रा गर्नु त्रासको विषय बन्न लागेको छ। सो सडक जम्मा ३६ किलो मिटर लामो छ। जसमध्ये ३३ किलो मिटरमा मात्रै विस्तारको काम भएको छ। विस्तारको काम सुस्त छ। सडक निर्माणको लागि सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो। सम्झौता भएको दुई वर्षभित्र काम सक्ने सर्त हो। 

सम्झौता हुँदाका बेला तय भएको समय अवधि सकिएको छ तर आधा काम पनि पुरा भएको छैन। निर्माण पुरा हुने अवधि थप गरेर आउँदो डिसेम्बरसम्म पुर्‍याइएको छ। तर त्यो बेलामा पनि काम सकिने सम्भावना छैन। राजधानी जोड्ने मुख्य मार्गमा भएको यो ढिला सुस्तिले धेरैलाई पिरोलि रहेको छ। बाटो बनाउन सुरु भएपछि पहिरोमा परेर चारजनाको निधन भएको छ दुईजना वेपत्ता छन्। 

प्रकाशित: ११ असार २०७४ ०२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App