१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युत अवरुद्ध हुँदा खोटाङमा टेलिफोन सेवा ठप्प

खोटाङ – विद्युत अवरुद्ध हुँदा खोटाङमा टेलीफोन सेवा ठप्प भएको छ । दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाईन अन्तर्गतको विद्युत एक दिन अघिदेखि अवरुद्ध हुँदा जिल्लामा नमस्ते, स्काई तथा ल्याण्डलाईन फोन अवरुद्ध भएको हो । आइतबार बिहानदेखि जिल्लामा कुनै पनि किसिमका फोन चलेका छैनन् । फोन नचल्दा हजारौं सर्वसाधारण मारमा परेका छन् । फोन नचल्दा स्थानीय तहको गतिविधिमा समेत असर पुगेको छ । जिल्लामा विद्यतु अवरुद्ध हुने वित्तिकै फोन ठप्प हुने गरेको छ । 

विद्युत शनिबारदेखि विद्युत अवरुद्ध भएको हो । उदयपुरको चप्पन र बरुवाबीचमा समस्या आउँदा विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । विद्युत अवरुद्ध हुनुको कारण अहिलेसम्म पत्ता लागेको छैन । नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका अनुशार वर्षा र हावाहुरीका कारण विद्युत अवरुद्ध भएको अनुमान गरिएको छ । अवरुद्ध विद्युत सुचारु गराउनका लागि गाईघाटबाट प्राविधिकको टोली खटिसकेको प्राधिकरणले जनाएको छ । विद्युत अवरुद्ध हुँदा खोटाङका ४० बढि गाबिसका उपभोक्ता र ओखलढुंगाका सेवाग्राही मारमा परेका छन् । 

विद्युत  अभावमा जिल्लामा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय प्रभावित भएको छ । विद्युत अभावमा जिल्लामा फोन, इन्टरनेट समेत राम्ररी नचल्दा जनजीवन प्रभावित भएको छ । वैशाख यता हप्ताको अधिकांश समयमा विद्युत अवरुद्ध हुने गरेको उपभोक्ताको गुनासो छ । पटक–पटक विद्युत अवरुद्ध हुने समस्य हल गर्नका लागि स्थानीयले वैशाख १९ गते जिल्ला प्रशासन कार्यालय समक्ष माग राखे पनि समस्या दोहोरिन छाडेको छैन । 

प्रकाशित: ११ असार २०७४ ०७:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App